arrow

प्रधानमन्त्रीसँग शशांक

‘वीपीले भने झैँ एक मुठ्ठी माटो छातीमा राख्ने बेला आएको छ’

logo
प्रकाशित २०७३ पुष २ शनिबार
PM-sanga-shashank.jpeg

चितवन । काँग्रेस महामन्त्री शशांक कोइरालाले संविधानमा समावेश हुन नसकेका जनजातिका अधिकार अरु थप गर्दै सबैको साझा संविधान बन्ने बताएका छन् । चितवनमा नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै महामन्त्री कोइरालालले संविधान कार्यान्वयन हुन नसके देश गम्भीर सङ्कटमा फस्ने समेत जिकिर गरे ।

नेपालीले निहित स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने समय आएको बताएका महामन्त्री कोइरालाले भने, ‘यतिबेला वीपी बाबुले भने झैँ एक मुठ्ठी माटो छातीमा राखेर सुन्ने बेला आएको छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहासँग एउटै मञ्चमा भाषण गरेका कोइरालाले थपे, ‘राष्ट्र रहेमा मात्रै हामी रहन्छौँ ।’ कोइरालाले पहिचानको मुद्दालाई सबैले गम्भीर रुपमा लिनु पर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ