arrow

दलहरु डाक्दै, मोर्चा भाग्दै ! ( मोर्चाले अब के गर्दैछ )

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
morcha-.jpg.jpeg
काठमाडौं । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसंगको  काठमाडौं वार्ता सकिएको भन्दै ११ दिने श्रृंखलावद्ध सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै मोर्चाले अबको वार्ता मधेसमै हुने जनाएको छ । यद्यपि, मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गर्नु अघि मोर्चाको समर्थनका लागि दलहरुले संसद स्थिगित गरेका थिए ।
 
महिना देखि जारी नाका अवरोध र धर्नामा रहेको मोर्चाको आन्दोलनका कार्यक्रममा नाका तथा राजमार्ग अवरोध बारे उल्लेख छैन । मोर्चाको बैठकपछि जारी प्रेस विज्ञप्तिमा आन्दोलनका ५ बुँदे घोषणामा त्यसबारे उल्लेख छैन । शुक्रबार राजधानीस्थित तमलोपाको पार्टी कार्यालयमा अयोजित पत्रकार सम्मेलनमा मोर्चाले पुस ५ देखि १५ गतेसम्मका थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । संविधान जलाउने, मसाल जुलुस गर्ने, जिल्लामा सभाहरू गर्ने, लाठी जुलुस गर्ने लगायतका आन्दोलनका कार्यक्रम मोर्चाले  अघि सारेको छ । मधेसमा हुने सरकारी तहका सबै गतिविधि र कार्यक्रममा रोक लगाउने मोर्चाको तयारी छ । मोर्चाले मन्त्री, सरकारका प्रतिनिधि र सांसदहरुलाई मधेसमा प्रवेश गर्न नदिने नीति अघि सारेको छ । 
 
पत्रकार सम्मेलनमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले अहिलेसम्म १५ चरणका वार्तामा सरकार गम्भीर नभएको आरोप लगाए । आन्दोलनका पूर्ववत् कार्यक्रमबारे भने मोर्चाको निर्णय मौन छ । शीर्ष दलहरु संसद स्थगित गरेर मोर्चासँग संवाद गर्न तयार भएकै दिन मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जसले तत्काल समस्या समाधान नहुने संकेत देखिएको छ । एमाले नेतृत्वको सरकारसंग वार्ता गर्न नचाहेको मोर्चाले सरकार र शीर्ष दलहरुलाई मधेसमै वार्ता गर्न बोलाउने रणनीति लिँदा प्रधानमन्त्री ओली जिल्ला दौडाहमा छन् । ओलीले वार्तालाई महत्व नदिएको टिप्पणी भइरहेका छन् ।  
 
आन्दोलनका कार्यक्रम 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ