arrow

राप्रपा नेपालले ओलीलाई मतदान गर्ने पक्का

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1736008475.jpeg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रधानमन्त्रीको उम्मेदवारीमा एमाले अध्यक्ष केपी ओलीलाई मतदान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिवार बसेको पदाधिकारी बैठकले मुलुकको अखण्डता तथा राष्ट्रिय एकताका लागि अध्यक्ष ओलीलाई समर्थन गर्ने निर्णय भएको सह–महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । बैठकले नयाँ सरकारमा पार्टीले साझेदारीका रुपमा सम्मानजनक सहभागिता जनाउने निर्णय गरेको छ ।

व्यवस्थापिका–संसदमा राप्रपा नेपालका २५ सांसद छन् । आइतबार हुने मतदान प्रक्रियामा प्रधानमन्त्रीका उम्मेदवारका रुपमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष ओली प्रतिस्पर्धामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ