arrow

शिक्षा ऐन विपरित बहालवाला शिक्षक एमालेको गाँउ जागरण अभियानमा

logo
विक्रम कार्की ।
प्रकाशित २०७३ पुष ४ सोमबार
UML-&-mao.jpg.jpeg.jpeg
दोलखा । नेकपा एमाले दोलखाले शिक्षा ऐन विपरित बहालवाला शिक्षकलाई पार्टीको गाँउ जागरण अभियानमा परिचालन गरेको छ । स्थानिय निकायको चुनावलाई मध्यनजर गर्दै एमाले दोलखाले संबिधान कार्यान्वयनका लागी जनअभियान भन्दै गाँउ जागरण अभियान संचालन शुरु गरेको हो । अभियानमा अधिकांश बहालवाला शिक्षकलाई खटाइएको छ ।
 
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालामा संशोधन भएको शिक्षा ऐन २०२८ को आठौं संशोधनमा शिक्षकलाई राजनीतिक पार्टीको कार्यकारी पदमा बस्न रोक लगाए पछि शिक्षकहरुले पार्टीका कुनै पनि पदमा नरहने भन्दै नेपाल शिक्षक महासंघ दोलखाले गत भाद्र २५ गते एक कार्यक्रम गरी सामुहिक राजीनामाको घोषणा गरेको थियो । तर संशोधित शिक्षा ऐन र सामुहिक राजिनामा घोषणा बिरुद्ध एमालेले अभियानमा  शिक्षक परिचालन गरेको हो । 
 
गाउँगाउँमा पुगेर वडा, गाउँ कमिटीको बैठक र अधिवेशन, पार्टी सदस्यता नवीकरण गर्ने गरी पार्टी केन्द्रीय नेताहरुको सहभागिता सहित बहालवाला शिक्षक राखेर दोलखाका ११ इलाकाका लागि छुट्टाछुट्टै टोली बनाएको हो । अभियान टोलीमा बहालवाला शिक्षकहरु शंकरलाल श्रेष्ठ, शुव शेर्पा, स्वयं बहादुर खड्का, कुमार गुरुङ, आङपासाङ शेर्पा, कमल दाहाल, श्याम तामाङ, खिम्मक विक, जिवसराज खड्का, सञ्जिव खड्का, रामभरत तामाङ, ईश्वर न्यौपाने, गोमा केसी लगायत रहेका छन् । सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गर्ने पुर्व तयारी गरीरहेको बेला एमालेले आफ्नो दलको पक्षमा नतिजाका ल्याउनको लागि ४ महिने गाँउ जागरण अभियान शुरु गरेको नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले वताए ।
 
संविधान कार्यान्वयनका लागि स्थानिय, प्रदेश र केन्द्रिय निर्वाचन गर्न आवश्यक रहेकोले पार्टी केन्द्रदेखि नै गाँउ जागरण अभियान सञ्चालन भएको भन्दै एमाले पोलिटब्युरो सदस्य पशुपति चौँलागाईले अभियानमा पुरानो सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र अन्य पार्टीबाट समेत एमाले प्रवेश गराउने योजना रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ