arrow

फिटा विधेयक : उत्कृष्ट भनिएका मुलुकहरुले कुन् कुन् क्षेत्रमा रोकेका छन् ‘बैदेशिक लगानी ?’

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ पुष ५ मंगलबार
Newsroom-International-Trade-640x455.jpeg
काठमाडौं । ‘वर्ड इकोनोमिक फोरम’ले केही दिन अघि एउटा रिपोर्ट मार्फत् विदेशी लगानीको लागि उत्कृष्ट देशहरुको १० वटा सूची सार्वजनिक गरेको छ । कुनैपनि मुलुकको आन्तरिक स्रोत र साधन, त्यहाँको राजनीतिक व्यवस्था र सरकारी ऐन कानूनको आधारमा लगानीकर्ताहरुले कुन मुलुकलाई बढी मन पराए त ? भन्ने विषयमा केन्द्रीत भएर विश्वका १० उत्कृष्ट मुलुकहरुको सूची सार्वजनिक गरिएको फोरमले जनाएको छ । 
No automatic alt text available.
 
यसरी सार्वजनिक भएको देशहरुको सूचीमा पहिलो स्थानमा परेको छ स्वीटजरल्याण्ड । प्राकृतिक सुन्दरताको मुलुक भनेर विश्व प्रसिद्ध रहेको मुलुक बैदेशिक लगानीको लागि पनि विश्वको उत्कृष्ट गन्तव्यको रुपमा रहेको प्रतिवेदनले औल्याएको छ । त्यस्तै, उक्त सूचीको दोस्रो स्थानमा सिंगापुर परेको छ भने तेस्रो स्थानमा संयुक्त राज्य अमेरिका परेको छ । किन यी मुलुकहरु लगानीकालागि उत्कृष्ट भए त ? यी विषयको बारेमा नेपालजस्तो लगानी भित्र्याउन लालायित मुलुकको लागि पक्कैपनि जान्नुपर्ने विषय हो । 
 
सोमबार राजधानीमा आयोजित बैदेशिक लगानीको सम्बन्धमा सरकारले प्रस्ताव गरेको ‘वैदेशिक लगानी(एफडिआई) सम्बन्धि कानुनको संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’को विषयमा छलफल गर्न आयोजित कार्यक्रममा उपस्थित सहभागीहरुबीच नेपालमा बैदेशिक लगानीको लागि कुन क्षेत्रमा प्रतिबन्ध लगाउने र कुन क्षेत्रमा खुल्ला गर्न सकिने भनेर बहस भएको थियो । केहीले १३ बुँदामा समेटिएका प्रतिबन्धित विषयहरु आफैंमा पर्याप्त रहेको बताए भने केहीले अन्य केही प्रावधानहरु पनि थप गर्न आग्रह समेत गरे । 
 
कार्यक्रममा सहभागीहरुमध्ये धेरैले नेपाल अहिले पुँजीबजारमा बैदेशिक लगानी भित्र्याउनसक्ने अवस्थामा नरहेको तर्क गर्दै पुँजीबजारमा विदेशी लगानी भित्र्याउन सक्ने व्यस्था नै खारेजीको सुझाव समेत दिए ।  यसैको मध्यमार्गी सुझाव दिँदै कार्यक्रममा नै धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले यस्ता विषयमा निर्णय निकाल्दा लगानीको लागि राम्रो वातावरण भएको मुलुकको सिको पनि सिक्न सकिने सुझाव दिए । 
 
कस्ता छन् त बैदेशिक लगानीको लागि उत्कृष्ट मानिएका ३ मुलुकमा बैदेशिक लगानीको लागि प्रतिबन्धित क्षेत्रहरु ? 
 
१. स्वीट्जरल्याण्ड
विश्वको उत्कृष्ट बैदेशिक लगानी रहेको मुलुकको सूचिमा पहिलो स्थानमा रहेको भएपनि स्वीट्जल्याण्डमा पनि केही क्षेत्रहरुमा भने सरकारले बैदेशिक लगानीलाई प्रतिबन्ध लगाएको छ । त्यस्ता क्षेहरुमा अन्तर्राष्ट्रिय लगानी भित्रिन दिने हो भने मुलुकको सावैभौमिकतामाथि नै प्रश्न चिह्न उठ्न सक्ने त्यहाँको सरकारको ठहर छ । 
 
स्वीट्जरल्याण्डको रेल्वे तथा यातायातको क्षेत्रमा बैदेशिक लगानी गर्न पाईँदैन । उक्त क्षेत्रमा सरकारी तथा स्थानीयबासीले मात्रै त्यहाँ लगानी गर्न सक्ने प्रावधान कानूनी रुपमा रहेको छ । त्यस्तैगरी हुलाक क्षेत्रमा पनि अन्तराष्ट्रिय लगानी स्वीकार गरिएको छैन । 
 
त्यस्तैगरी, इन्स्योरेन्स क्षेत्र र नूनजन्य बस्तुको व्यापारमा समेत बाह्य लगानीलाई स्वीट्जरल्याण्ड सरकारले स्वीकार गरेको छैन । यससँगै स्वीट्जरल्याण्ड सरकारले प्रतिबन्धित गरेका अन्य क्षेत्रहरुमा हवाई तथा समुद्री यातायातका क्षेत्र, जलविद्युत तथा न्युक्लियर शक्तिसँग सम्बन्धित क्षेत्र, तेल तथा ग्यास पाईपलाईका क्षेत्रहरु र विष्फोटक पदार्थको स्थानान्तरणको क्षेत्रमा पनि विदेशी लगानीलाई प्रतिबन्ध गरिएको छ । 
 
२. सिंगापुर
सिंगापुर वैदेशिक लगानीको लागि दोस्रो उत्कृष्ट मुलुक हो । यहाँ धेरै विषयमा विदेशीलाई लगानी गर्न छुट दिईएको छ । उक्त मुलुकमा सर्वसाधारणको उपयोगिताको क्षेत्र र दूरसञ्चार सरकारी निकायको नियन्त्रणमा रहन्छ । त्यसैले यो क्षेत्रमा विदेशी लगानीको सम्भावना नै रहेन । 
 
त्यस्तैगरी, बैंक तथा इन्स्योरेन्सको क्षेत्रमा पनि यहाँ विदेशी लगानी प्रतिबन्ध लगाईएको छ । यस भन्दा बाहेक अन्य कुनैपनि क्षेत्रमा विदेशीहरुले सहजै लगानी गर्न सक्मे अवस्था रहेको एक प्रतिवेदनमा उल्लेख छ । 
 
३. संयुक्त राज्य अमेरिका
संयुक्त राज्य अमेरिकामा पनि विभिन्न क्षेत्रहरुमा विभिन्न बैदेशिक लगानीको लागि प्रतिबन्ध लगाईएको छ । अमेरिकाले आफ्नो देशको पानी जहाज, वायुयान, खानी उत्खनन्, उर्जा, भूमी सम्बन्धि उद्योग, सञ्चार र बैंकिङ र सरकारी ठेक्का सम्बन्धि उद्योगहरुमा विदेशी लगानीलाई प्रतिबन्धित गरिएको छ । यस बाहेकका क्षेत्रमा भने विदेशी लगानीको लागि सरकारले पनि राम्रो वातावरण बनाईदिएको छ । 
 
कस्तो छ नेपालमा प्रस्तावित प्रतिबन्धित क्षेत्रहरु ? 
राजनीतिक स्थिरताको अिसावले नेपाल त्यस्ता मुलुक भन्दा धेरै पछि रहेकोले नेपालले त्यस्ता क्षेत्रहरुमा प्रतिबन्ध लगाउँदा पनि अलिक बढी नै संवेदनशील हुनु पर्ने अवस्था रहेको छ । त्यसैले पनि नेपालले अहिले प्रस्ताव गरेको बैदेशिक लगानी सम्बन्धि ऐनमा राखिएका प्रावधानहरु यस्ता छन् बुँदागत रूपमा । 
 
अहिलेको विधेयकले १३ ओटा क्षेत्रलाई प्रतिवन्धित विषयको रुपमा प्रस्ताव गरेको छ ।  ती व्यवस्थाहरु यस्ता छन. 
१. लघु उद्यम वा परम्परागत घरेलु उद्योग । 
२. हात हतियार, खरखजाना, गोलाबारुद पा विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग
३. मुद्रा तथा सिक्का व्यवसाय वा सुरक्षण मुद्रण(सेक्युरिटी प्रिण्टिङ) उद्योग 
४. घरजग्गा खरीद विक्री
५. विद्यूतीय व्यापार इ कमर्स बाहेक नेपालमा सम्पत्ति पचास करोड रुपैया भन्दा कम लगानीको बहुब्राण्ड खुद्रा व्यापार । सो भन्दा माथिको लगानीको हकमा दुई भन्दा बढी देशमा व्यवसाय गरेको हुनु पर्नेछ । 
६. पर्यटनमा संलग्न पर्डटक गाईड, ट्रेकिङ तथा माउन्टेरिङ गाईड, भरिया (घोडा, खच्चड, याक,सहित) भान्से उपलब्ध गराउने पर्यटन उद्योग । 
७ कुखुरा पालन, मत्स्य पालन, वा मौरी पालन उद्योग (बीस करोड भन्दा कम लगानी भएको कुखुरा पालन, मौरी पालन वा माछा पालन उद्योग) 
८. कृषिमा प्राथमिक उत्पादनका क्षेत्रहरु, वा (जमिनको मूल्य बाहेक बीस करोड भन्दा कम लगानी हुने कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरु)
९. विकिरणजन्य, सामग्री (रेडियो एक्टिभ म्याटेरियल्स) सम्बन्धि उद्योग, 
१०, चिट्टा  सञ्चालन सम्बन्धि व्यवसाय
११, क्यासिनो बाहेकका जुवा वा बाजी व्यवसाय संचालन उद्योग 
१२ नेटवर्क व्यवसाय
१३ आम सञ्चार प्रशारण माध्यमहरु(पत्रपत्रिका, रेडियो टेलिभिजन) को व्यवसाय



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ