arrow

राणा भन्छन् : गाँठो फुकाउन ‘अलेक्जेन्डरको तरवार’ चाहियाे

चुनावको बाधक एमाले

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
pashupati-jabara.jpeg

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले प्रमुख विपक्षी एमाले वर्तमान राष्ट्रिय संकट निवारणको बाधक भएको बताएका छन् । रफत सञ्चार क्लबको साक्षात्कारमा बोल्दै राणाले स्थानीय निकाय निर्वाचन लामो समयसम्म हुन नसकेको र तोकिएको मिती नजिकिँदै गर्दा एमालेले अवरोध गरेकै कारण निर्वाचन ओझेलमा पर्दै गएको समेत बताए ।

राणाले भने,  ‘सीमाकङ्कनबारे प्रमुख तीन दलले विगतमा गरेका सहमति भुल्दै एमाले गर्दै आएको सदन र सडक अवरोध उल्टो भूमिका हो । सीमाङ्कनको विवादले  देशमा थप संकट भित्रिएको छ ।’ नेता राणाले निर्वाचन तोकिएको समयमा नभए देशले संवैधानिक संकट व्यहोर्नु पर्ने जिकिर गरे ।

सरकारले एमाले वा मधेस केन्द्रित दल जसको माग सम्बोधन गरे पनि समस्या समाधान नहुने र मुलुक थप संकटतर्फ गइरहेको राणाको तर्क छ । राणाले भने, ‘वर्तमान समस्याको गाँठो फुकाउन ‘अलेक्जेन्डरको तरवार’ जादु आवश्यक छ ।’

अध्यक्ष राणाले सीमाङ्कनको विषयमा आफ्नो पार्टीको धारणा पहिल्यै आइसकेको र संशोधनबारे पार्टीलाई समेत जानकारी नदिएको भन्दै ५ नम्बर प्रदेशमा भएको आन्दोलनमा आफ्नो पार्टीको कुनै सहानूभुती नभएको प्रस्ट्याए ।

राणाले संविधान संशोधनमा घुमाउरो पारामा जुनसुकै भाषा सरकारी कामकाजको भाषा हुने भन्ने विषयमा सहमत नभएको र राप्रपाले पहिले नै तराईमा दुई प्रदेश हुनु पर्दछ भन्ने धारणा राखेको बताए ।

संसदबाट हिन्दुराज्य घोषणाको माग सम्बोधन गर्न सक्ने वातावरण नभएकाले जनम संग्रहमा जानुपर्ने तर्क गरे । अध्यक्ष राणाले महाधिवेशनपछि आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । पार्टीको एकतापछि करिब ६० जिल्लामा एकिकरण भइसकेको र बाँकी जिल्लामा छिट्टै एकिकरण हुने नेता राणाको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ