arrow

उद्याेग मन्त्रीले विभिन्न देशका राजदूतहरुलार्इ मन्त्रालय बाेलाए

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
Nasbindra-raj-joshi.jpeg
काठमाडौं । उद्योग मन्त्रालयले विभिन्न मुलुकका राजदूतहरुलाई बोलाएर सरकारले गर्न लागेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा आ–आफ्नो देशका लगानीकर्ताहरूदाई जानकारी दिन आग्रह गरेको छ । मंगलबार उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न लागेको नेपाल लगणनी सम्मेलनमा सहभागी भइ नेपालको सम्भवाना र वातावरणका बारेमा अध्ययन गरी लगानी बढाउनका आह्वान गरेको मन्त्रालयले जनाएको छ । 
 
बैठकमा मन्त्री जोशीले राजनीतिक एवम् नीतिगत रुपमा नेपालमा लगानीका लागि कुनै समस्या नभएको बताउँदै नयाँ संविधान जारी भएसँगै मुलुकका सबै राजनीतिक दलहरुको मुख्य मुद्दा नै आर्थिक विकास तर्फ उन्मुख रहेकोले नेपाल लगानीको हिसावले सुरक्षित गन्तब्य रहेको जनाएका थिए । 
 
मन्त्री जोशीले उद्योग मन्त्रालय अहिले कानुनीरुपमा लगानीकर्तालाई लगानी सुरक्षाको प्रत्याभूति दिलाउन तयार रहेको पनि स्पष्ट पारे । त्यसका लागि कतिपय ऐन संसद्बाट पारित भएको र कतिपय आउने क्रमममा रहेको जानकारी उनले गराएका थिए । 
 
बढीभन्दा बढी रोजगारी सिर्जना गर्नका लागि मन्त्रालयले उत्पादनमुलक उद्योगको स्थापनालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री जोशीले नेपाली र विदेशी लगानी कर्तामा कुनै भेदभाव नगरिने स्पष्ट पारे । 
मन्त्री जोशीले अन्तरमन्त्रालयबीचको समन्वयका लागि अहिले उद्योग मन्त्रालयको पहलमा नियमित रुपमा श्रम, भौतिक योजना तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, वन, वातारण र कृषि विकासमन्त्रालयबीच सहकार्य गर्दै आएको स्पष्ट पारे ।
छलफलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क), जापान, सयुक्त राज्य अमेरिका, स्वीडेन, साउथ अफ्रिका, म्यानमार, न्युजल्यान्ड, थाइल्यान्ड, फिनल्यान्ड, चेक रिपब्लिकलगायले छलफलमा सहभागीता जनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ