arrow

मदर्सा शिक्षाको विकासकालागि छुट्टै नीत बनाउनु पर्ने

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
r-MUSLIM-STUDENTS-large570.jpg.jpeg
 मणि प्रसाद गैहे्र,कपिलवस्तु । मदर्सा शिक्षाको विकासका लागि सरकराले छुटै् नीति बनाउनु पर्ने मुस्लिम मौलानाहरुले माग गरेका छन् । मदर्सा शिक्षाका संबन्धी नीति नबन्न्दा मुलप्रवाहीकरणको नाममा मदसालार्ई सरकारी सामुदायिक बिद्यालय जस्तै बनाउन लागिएको भन्दै उनीहरुले आपत्ति प्रकट गरे  । लिडो नेपालको आयोजना र सेभ द चिल्ःड्रेनको सहयोगमा कपिलवस्तुको तौलिहवामा आयोजित मदर्सा समस्या तथा समाधानका उपाय बिषयक दुई दिने गोष्ठीमा  उनीहरुले सो कुरा अघि सारेका हुन । कार्यक्रममा कपिलवस्तु नगरपालिका– ९ छोटकी तौलिहवामा रहेका मदर्साका अगुवा मौलाना अब्दुल हईले मदर्सा शिक्षाको छुट्र्टै नीति नहुदा अलमल भएको गुनासो गरे  । मदर्सालाई मुलप्रभावाहीकरणको नाममा सरकारी बिद्यालय जस्तै बनाउन खोजिएकाले जिल्लाका आधा भन्दा बढी मदर्सा दर्ता गर्न हिच्चकिचाएको बताए  । त्यति मात्र होईन मुलप्रवाहीकरणमा गएका ६१ मध्ये धेरै त्यसबाट फर्कन चाहेको भन्दउनले मदर्साको शिक्षाको मुल मर्मलाई असर पर्ने पर्ने आशंका बढेको उल्लेख गरे । कृष्णनगरमा रहेको सिराजुल बिश्व बिद्यालय समेत अझै सम्म सरकारी मान्यता नपाउनु पनि त्यसैको परिणाम रहेको उनको  बुझाई छ । 
 
आफुहरुले मदर्साको मुल मर्मलाई कुनै हालतमा नछाडने उहाले बताए  । सोही अवसरमा सहायक जिल्ला शिक्षा अधिकारी सुर्य भुसालले मदर्साक लागि स्पष्ट नीतिको आवश्यक रहेको बताए  । नीति नहुदा शिक्षा कार्यालय पनि आन्योलमा परको भन्दै उनले नीति बनाउन तर्फ अग्रसर हुनु पर्ने सुझाव दिए  ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले मदर्साको शैक्षिक प्रमाण पत्रले अझै सरकारी मान्यता नपाउनु दुःखको कुरा भएको बताए  । मदर्साको पाठ्यक्रम निर्माण गरी ब्यवसिथत बनाउदै लैजान पर्ने उनको  भनाई छ ।
  
शिक्षाबिद  डा.बिद्यानाथ कोईरालाले मदर्सामाको मर्मलाई ठेस पुग्ने काम गर्न नहुने तर मदर्सा र राष्ट्रिय शिक्षालाई मिलाएर लगे बेश हुने बताए । मदर्सालाई पनि सरकारी सेवा सुबिधा उपलब्ध हुनु पर्ने उहाले बताए  । यस्तै शिक्षा बिभागका उप निर्देशक राकेश श्रेष्ठले मदर्सा शिक्षाको समस्याको समाधानकालागि बिभिन्न सुधारहरु भईरहेको बताए । पाठ्यक्रम बिकास केन्द्रका निर्देशक डा. बावुराम पौडेलले मदर्साको आधारभुत तहको पाठयक्रम विकासका लागि तयारी भईरहेको जानकारी दिए । 
 
कार्यक्रममा प्रायोजित कार्यक्रमकी कार्यक्रम संयोजक सुनिता बेल्बासेले मदर्साको सवाल र समाधानको उपायका बिषयमा प्रस्तुत गरेकी थिइन । जिल्लाका २ सय मध्ये आधा भन्दा बढी हाल सम्म दर्ता नभएको र ६१ वटा मदार्सा मुलप्रवाहीकरणमा आएका छन् । अधिकांस मदर्साको भौतिक अवस्था नाजुक रहेको, धरै मुस्लिम बालबालिकाले प्राबि तहको अध्ययन पछि बिद्यालय छाडन बाध्य रहेका छन् । लिडो नेपालका अध्यक्ष असहद कलाको अध्यक्षता र सुनिता बेल्बासेको संचालनमा भएको कार्यक्रममा शिक्षा कार्यालय, ५० बढी मदर्साकाका गरी सय जना बढीको सहभागीता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ