arrow

कोरियामा नेपालीले नेपालीलाई ठग्छन्, बढ्दैछ फेसबुक ठगी

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
facebook-fanda.jpg.jpeg
काठमाडौं । कोरियामा नक्कली फेसबुक आइडि बनाई महँगो सामानलाई सस्तो मूल्यमा घरमै पठाईदिने प्रलोभन देखाई ठग्नेहरुको बिगबिगी नै छ । यसमा धेरै पैसा पर्ने मोबाईल, ल्यापटप, क्यामरा, ब्लाङकेटदेखि लिएर थोरै पैसा पर्ने मोबाईल चार्जर, लाईट, हेडफोन, पछ्यौरा लगायतका सामाग्री सुपथ मूल्यमा पाइने र घरमै पठाइदिने विज्ञापन गरिन्छन् ।
 
तर त्यस्ता नाम र फोटो नखुलेका फेसबुक आइडि होल्डरले पैसा प्राप्त गरपछि सामान नपठाइदिने र फेसबुकको ठेगाना परिवर्तन गर्ने गरेको आजको कारोबार दैनिकमा खबर छ ।
 
दक्षीण कोरियामा पछिल्लो समय नेपाली कामदारको संख्या वृद्धिसँगै ठगिने क्रम बढ्दो छ । ईन्टरनेटमा किनेको सामान नपठाइदिने, अरुको पासपोर्टबाट बैंक खाता खोल्ने, परिचयपत्रबाट फोन नम्बर निकाल्नेलगायत साइबर अपराध बढ्दो छ ।
 
कतिपय आफूलाई परेको समस्याको बारेमा सुनाउने निकाय नै नभएको बताउँछन् भने कतिपयले समयको अभाव र भाषा समस्याका कारण घटनाहरु प्रहरीसमक्ष नपुग्दै सेलाउने गरेको बताउँछन् ।
 
त्यसैगरी सस्तो मूल्यमा नेपाल पैसा पठाइदिने भन्दै अवैधानिक हुण्डी व्यापारीले पनि नेपालीहरुबाट ठूलो रकम उठाई बेपत्ता हुने गरेका छन् । नेपालीहरु नेपालीबाटै पीडित हुने गरेका छन् । कोरियामा पछिल्लो समय सहकर्मीकै कारण सहकर्मीले कार्यस्थान छोड्ने, डिप्रेसन र कुलतमा फस्ने क्रम बढ्दो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ