arrow

अभियान सकिएपछि फर्कियो एनजिओ, सँगै गोठमा फर्किए छाउपडी पनि

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
Chaupadi-sketch.jpeg
सुर्खेत – सुर्खेत जिल्लामा गैरसरकारी संस्था (एनजिओ) ले छाउपडीविरुद्ध अभियान चलाए । गाउँमा रहेका छाउगोठ धमाधम भत्काए, धामीहरुलाई पनि अभियानमा लाग्न बाध्य बनाइयो ।
 
अभियानमा महिलाले महिनाबारीको समयमा घरभित्र पस्ने आँट पनि गरे । तामझामसहित ठूलो रकम खर्चेर गाउँलाई छाउपडीमुक्त घोषण पनि गरियो । तर दाताले बजेट उपलब्ध गराउन छाडेपछि अहिले एनजिओहरु अभियान छाडेर फर्किएका छन् ।
 
एनजिओ फर्किएसँगै गाउँमा पुनः छाउगोठ ब्युँति थालेका छन् ।
 
छाउगोठ भत्काइएका कारण कतिपय महिला तथा किशोरी महिनाबारीका बेला रुखको पेद र खुला आकाशमुनि रात बिताउन बाध्य छन् । यसबाट उनीहरु थप जोखिममा परेका छन् ।
 
सुर्खेत र दैलेखमा छाउपडीविरुद्ध अभियान सञ्चालन गरेको वातावरण सुधार समाज दाताले बजेट रोकेपछि कार्यक्रम अवधि सकिएको भन्दै फर्किएको छ । 
 
अन्नपूर्ण पोष्ट दैनिक
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ