arrow

काँग्रेस जिल्ला अधिवेसनको तयारी तिव्र

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
congress-flag-11111.jpg.jpeg
श्रीकृष्ण सिग्देल,स्याङ्जा । नेपाली काँग्रेसको तेह्रौ महाधिवेसन नजिकिदै गर्दा स्याङ्जाका गाँउ गाँउमा चहलपहल बढ्न थालेको छ । गाँउ, नगर र वडा बाट चुनिएका प्रतिनिधि मार्फत क्षेत्रिय र जिल्ला कार्य समिति चुनिने छन् भने केन्द्रिय महाधिवेसनका लागि पनि प्रतिनिधि चुनिने छन् । जसका लागि अहिल्यै देखि काँग्रेस भित्र नेतृत्व लिन र महाधिवेसन प्रतिनिधि बन्नका लागि दौडधुप शुरु भएसकेको छ । नेपाली काँग्रेसको तेह्रौं महाधिवेशनको पूर्व सन्ध्यामा सम्पन्न गरिने जिल्ला अधिवेशन नेपाली काँग्रेस स्याङ्जाले तयारी समिति गठन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति स्याङजाले केन्द्रीय समय तालिका अनुसार नै यही माघ २५ गते गर्ने निर्णय गरेको छ ।
 
नेपाली काँग्रेस जिल्ला कार्य समितिको शुक्रवार (आज) बसेको बैठकले जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु समेत गठन गरेको छ । जिल्ला सभापति कमलप्रसाद पंगेनीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यसै गरी जिल्ला सभापति कमलप्रसाद पंगेनीको संयोजकत्वमा आर्थिक समिति, कार्यवहाक सभापति मुक्ति सुबेदीको संयोजकत्वमा प्रचारप्रसार समिति, सचिव कुमार राना मगरको संयोजकत्वमा सांगठनिक प्रतिवेदन तथा नीति कार्यक्रम तयारी समिति र तरुण दल स्याङ्जाका सभापति भगवतप्रकाश मल्लको संयोजकत्वमा व्यवस्थापन तथा स्वयं सेवक परिचालन समिति समेत गठन गरेको छ । 
 
जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यहरु, जिल्ला कार्य समितिका पूर्व सभापतिहरु र पूर्व माननीयहरुलाई सल्लाकारको रुपमा मनोनय गरेको छ । बैठकले केन्द्रीय समय तालिका अनुसार नै क्षेत्रको अधिवेशन माघ २२ गते, गाउँ, नगर वडा र नगर अधिवेशन माघ १५ गते सम्पन्न गर्न आफ्नो मातहतका सबै निकायलाई निर्देशन समेत गरेको जानकारी सचिव कुमार राना मगरले दिए । नेपाली काँग्रेसको तेह्रौ महाधिवेशन यही फाल्गुन २०, २१, २२ र २३ गते काठमांडौमा हुँदैछ । सोही बैठकले केन्द्रीय सभापति सुशिल कोइरालाबाट आफ्नो नव निर्मित जिल्ला पार्टी कार्यालय वी.पी. जी.पी. स्मृति भवनको उद्घाटन यही पौष १६ गते गर्ने र उक्त उद्घाटन समारोहमा स्याङ्जा काँग्रेसका अग्रज व्यक्तित्व खगेन्द्रराज रेग्मीलाई सम्मान गर्ने निर्णय पनि गरेको छ । उक्त समारोहमा भवन निर्माणमा महत्वपूर्ण सहयोग गर्ने अन्य महानुभावहरुलाई समेत सम्मान गरिने कुरा सचिव कुमार राना मगरले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ