arrow

देउवाले पनि भित्र्याए चलचित्रकर्मी, को–को प्रवेश गरे काँग्रेसमा ?

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
sher-bahadur-d.jpg.jpeg

काठमाडौं । संसदको सबै भन्दा ठूलो नेपाली काँग्रेसले पनि पार्टीमा कलाकार भित्र्याएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले वुधबार आफ्नै निजी निवास बुढानीलकण्ठमा नेपाली सिने क्षेत्रका कलाकारलाई टीका लगाई भित्र्याएका हुन् ।

सभापति देउवाको स्कीय भानु देउवाका अनुसार पार्टीमा १० जना कलाकार एकै पटक प्रवेश गरेका हुन् । सभापति देउवाले नव नायिका प्रतिक्षा खड्का, चलचित्रकर्मीहरु रमेश बुढाथोकी, रामकेशर बोगटी, पुष्कर लामा, नम्रता योगी, बिपना बस्नेतलगायतलाई टीका र माला लगाएर पार्टी प्रवेश गराए ।

कलाकारलाई स्वागत गरेपछि देउवाले मुुलुक निर्माणमा चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मीलगायतको भूमिका महत्वपूर्ण हुने बताए ।

केही दिनमा मुलुकले निकास पाउने बताउँदै देउवाले भने,  ‘संविधान कार्यान्वयन र निर्वाचन गराउन अवरुद्ध संसद् खुलाउने प्रयास भइरहेको छ ।’ सभापति देउवाले मुलुकलाई निकास दिने विषयमा प्रमुख विपक्षी एमाले बाधक नहुने विश्वास लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ