arrow

सरकारी निलम्बनको डर, मन्त्रिपरिषद् निर्णय अघिनै वन्तले दिए राजीनामा

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
onta-@.jpg.jpeg
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सरकारी निलम्बनमा पर्नु अघिनै  राजीनामा दिएका छन् । सरकारले मन्त्रिपरिषद् बैठकबाटै वन्तलाई निलम्बन गर्ने जनाउ दिए लगत्तै उनले शुक्रबार दिउँसो गृह सचिव नारायण गोपाल मलेगुलाई राजीनामा पत्र थमाए । 
 
सरकारले शुक्रबार साँझको मन्त्रिपिरिषद बैठकबाटै उनलाई निलम्बन गर्ने बताएको थियो । चरम भ्रष्टार गरेको ठहर गर्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विहिबार वन्तलाई निलम्बन गर्न सिफारिस गरेको थियो । आरोपीकै रुपमा निलम्बन पर्नु भन्दा राजीनमा दिनु उत्तम हुने मनसायले वन्तले सरकारी निर्णय अघिनै राजीनामा दिएका बताइएको छ । नयाँ महानिरिक्षक चयनबारे सरकारी निर्णय आउन भने बाँकी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ