arrow

मोर्चाका नेता कोईराला निवासमा

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
Morchaka-neta-koirala-Niwasma.jpg.jpeg
काठमाडौं । काठमाडौमा सरकारसंग बार्ता नगर्ने घोषणा गरेका मधेशी मोर्चाका नेताहरुले आज काँग्रेस नेताहरुसंग छलफल गरेका छन् । 
 
छलफलका लागि मोर्चाका शिर्ष नेताहरु काँग्रेस सभापति सुशील कोईरालाको निवास महाराजगञ्जमा पुगेका छन् । 
 
काँग्रेसका पदाधिकारी र मोर्चाका शिर्ष नेताहरु विचको बैठकमा काँग्रेसले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन विधयक माथी छलफल भएको काँग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । 
 
बैठकमा काँग्रेसका नेताहरुले संशोधन विधयकलाई मोर्चाका माग अनुसार संशोधन गर्ने विषयमा छलफल गर्न आफुहरु तयार रहेका बताएका छन् । 
 
प्रमुख दल र सरकारसंग मधेशी मोर्चाले गर्ने सहमतिका आधारमा संशोधन विधयकलाई थप संशोधन गर्न सकिने काँग्रेस नेताहरुको जोड छ । 
 
उनीहरुले मधेशी मोर्चाको मागलाई संवोधन गर्न संविधान संशोधन गर्नै पर्ने भएकाले काँग्रेसले पेश गरेको संशोधन विधयकलाई नै टेकेर संशोधन प्रक्रिया अगाडी बढाउन पहिले देखि आग्रह गर्दै आईरहेको स्मरण गराएका छन् । 
 
मधेशी मोर्चाका नेताहरुले भने काँग्रेसले पेश गरेको प्रस्तावबाट मोर्चाका मागहरु संवोधन नहुने भन्दै नयाँ प्रस्ताव बनाउनु पर्ने बताउदै आएका छन् । 
 
काँग्रेस र मोर्चाका नेताहरु विचको छलफल संविधान संशोधन विधयकलाई नै टेकेर अगाडी बढ्ने विषयमा केन्द्रीत भएको र बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ