arrow

साताको सेयर : दुई अर्ब बढीको कारोबार

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
nepal_stock_exchange.jpg.jpeg
काठमाडौँ । धितोपत्र बजारमा यस साता २ अर्ब ८५ करोड १४ लाख ३५ हजारबराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १५६ कम्पनीको ३६ लाख ३२ हजार २२० कित्ता सेयर कारोबार भएको हो । 
 
कारोबार रकम गत साताको भन्दा ४७ दशमलव ३८ प्रतिशत बढी हो । गत साता १५६ कम्पनीको रु एक अर्ब ९३ करोड ४७ लाख ७९ हजार बराबरका ३१ लाख २६ हजार चार सय ८० कित्ता सेयर खरिद बिक्री भएका थिए । 
 
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५५ दशमलव ९४ अङ्कले घटेर अन्तिम दिन एक हजार ४७५ दशमलव ४१ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १२ दशमलव ५५ अङ्कले घटेर ३१८ दशमलव ७६ अङ्कमा आइपुगेको छ । 
 
यस साता कारोबार रकमको आधारमा एभरेष्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु ६६ करोड ७१ लाख ५० हजार कारोबार भएको थियो । यस्तै सेयर सङ्ख्याको आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख १९ हजार कित्ता सेयर कारोबार भएको थियो । 
 
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । स्टकमा एभरेष्ट बैंकको चार लाख कित्ता सेयर अग्राधिकारमा सूचीकृत भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ