arrow

सधै‌ गृहले नै गल्ती गर्ने हो कि नियोजित रुपमा बदनाम गराइँदैछ गृहलार्इ ?

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
moha.jpeg
काठमाडौं । गत कात्तिक २४ गते भोलिपल्ट सरकारले विदा दिएको भनेर सारा सामाजिक सञ्जालमा चर्चा भए । कतिपय मिडियाले समाचार समेत छापे । तर, फाल्गुनन्द  जयन्तीको दिन सामाजिक सञ्जाल र केही अनलाइनमा चर्चा भएजस्तो सार्वजनिक बिदा नभएको गृह मन्त्रालयले स्पष्ट पार्‍यो । तर, सो समाचारसँगै गृहको लेटर प्याडमा नै विदा भनेर उल्लेख गरिएको सूचना नै समावेश गरिएको थियो । 
 
त्यतिबेला गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले  सूचना नै गलत भएको पनि बताएका थिए । त्यसैगरी, शनिबारको सूचनामा पनि गृहले २५ तारिक लेख्नुपर्नेमा १० तारिक लेखिएको भनेर सूचनाको पत्र सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । तर मन्त्रालयको आधिकारिक वेभसाईटमा राखिएको सूचनामा भने त्यस्तो गल्ती गरिएको छैन । 
 
यो सूचनाबाट के कुरा स्पष्ट हुन्छ भने गृहमन्त्रालयले नै यस्तो सूचनामा पटकपटक गल्ती गर्ने गरेको हो या त गृहको लेटरहेड दुरुपयोग गरेर यस्ता काम कसैबाट भईरहेको त छैन ? भन्ने प्रश्न समेत उब्जिएको छ । यसमा गृह पनि सचेत हुनुपर्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ