arrow

नवौं नेफ्टा अवार्डमा दयाहाङ र नम्रता उत्कृष्ट (नामावलीसहित)

पशुपतिप्रसाद उत्कृष्ट चलचित्र

logo
प्रकाशित २०७३ पुष १० आइतबार
nefta.jpeg
दुबई । यस वर्षको नेफ्टा अवार्डमा उत्कृष्ट अभिनेतामा दयाहाङ राई र उत्कृष्ट अभिनेत्रीमा नम्रता श्रेष्ठ विजयी बने । चलचित्रमा भने पशुपतिप्रसादले बाजी मा¥यो । 
 
चलचित्र प्राविधिक संघको आयोजनामा हरेक बर्ष हुँदै आएको नेफ्टा अवार्ड अन्तर्गत  युएईको दुबईमा भएको अवार्ड समारोहमा पशुपतिप्रसादले उत्कृष्ट संवादमा पनि अवार्ड जित्यो । तर कार्यक्रममा उपस्थित निर्देशक दिपेन्द्र के खनाल अवार्ड थाप्न भने स्टेज चढेनन् । 
 
नवौं नेफ्टामा उत्कृष्ट कथा कबड्डी कबड्डीबाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले जित्दा पटकथामा फन्कोबाट सुवर्ण थापाले अवार्ड जिते । 
 
यस्तै अभिनेता तर्फ पनि कबड्डी कबड्डीबाट दयाहाङ राई उत्कृष्ट कहलिँदा अभिनेत्रीको अवार्ड क्लासिकबाट नम्रता श्रेष्ठले जितिन् । उत्कृष्ट निर्देशकको अवार्ड वडा नम्बर ६ बाट उज्जल घिमिरेले जिते । 
 
उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड नाई नभन्नु ल ४ बाट पल शाहले जित्दा डेब्यू अभिनेत्रीको अवार्ड ड्रिम्सबाट साम्राज्ञीराज्यलक्ष्मी शाहले जितिन्  ।
 
विजेताहरुको नामावली यसप्रकार छः
उत्कृष्ट फिल्मः पशुपतिप्रसाद 
उत्कृष्ट निर्देशकः उज्जल घिमिरे वडा नम्बर ६
 
उत्कृष्ट कथाः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा कबड्डी कबड्डी
 
उत्कृष्ट पटकथाः सुवर्ण थापा फन्को
 
उत्कृष्ट संवादः खगेन्द्र लामिछाने पशुपतिप्रसाद
 
उत्कृष्ट अभिनेताः दयाहाङ राई, कबड्डी कबड्डी
 
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ क्लासिक
 
उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान, नाई नभन्नु ल ४
 
उत्कृष्ट सम्पादनः विपिन मल्ल, फन्को
 
उत्कृष्ट सह अभिनेताः प्रकाश घिमिरे पशुपतिप्रसाद
 
उत्कृष्ट सह अभिनेत्रीः निश्मा घिमिरे जन्मभूमी
 
उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल प्रेमगीत
 
उत्कृष्ट कोरियोग्राफरः रेनशा वान्तवा राई प्रेमगीत
 
उत्कृष्ट गीतः डा कृष्णहरिीबराल नाई नभन्नु ल ४
 
उत्कृष्ट गायकः सुगम पोखरेल प्रेमगीत
 
उत्कृष्ट गायिकाः अञ्जु पन्त प्रेमगीत
 
हाँस्य कलाकारः विल्सन विक्रम राई अधकट्टी
 
खलपात्रः  विपिन कार्की पशुपतिप्रसाद
 
नव अभिनेत्रीः साम्राज्ञी राज्यलक्ष्मी शाह ड्रिम्स
 
नव अभिनेताः पल शाह नाई नभन्नु ल ४
 
आदिवासी फिल्मः तिमी नभए
 
पार्श्व संगीतः सुजिल कर्माचार्य फन्को
 
ध्वनी मिश्रणः उत्तम न्यौपाने धौली
 
एरेञ्जरः राजन ईशान्त ९वडा नम्बर ६०
 
द्वन्द्व निर्देशकः हिमाल केसी ९भैरव०
 
कला निर्देशनः पासाङ टी शेर्पा वडा नम्बर ६
 
भेषभुषाः युवी थापा, योगिता पुनः प्रेमगीत
 
श्रृङ्गारः दिपु पौडेल को आफ्नो
 
पपुलर अभिनेताः अनमोल केसी ड्रिम्स
 
पपुलर अभिनेत्रीः पूजा शर्मा प्रेमगीत
 
पपुलर फिल्मः ड्रिम्स



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ