arrow

यस्तो बन्यो विपक्षी एमाले अलाइन्सको नयाँ रणनीति (विज्ञप्तिसहित)

२२ गतेको शक्ति प्रदर्शन असरदार बनाउन मातहतलाई उर्दी

logo
प्रकाशित २०७३ पुष १० आइतबार
UML-new-aa.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमालेसहितको गठबन्धनले आन्दोलनको नयाँ रणनीति बनाएको छ । पुस २२ गते एमाले सहित ९ राजनीतिक दलले आयोजना गर्न लागेको जनप्रदर्शनबारे विपक्षी गठबन्धनले आइतबार छलफल गर्दै नयाँ रणनीति बनाएको हो ।

एमाले केन्द्रीय प्रचार विभागले डाकेको बैठकले काठमाडौंमा हुने शक्ति प्रदर्शनका लागि ३ नम्बर प्रदेश कमिटी, केन्द्रीय मोर्चा संगठन र सम्पर्क समन्वय कमिटीले गर्ने काम तय गरेको छ ।

बैठकको निर्णय अनुसार पुस १० गतेदेखि १५ गतेसम्ममा पार्टी र जनसंगठनका जिल्ला कमिटीसम्मका बैठक तथा भेलाहरुको आयोजना गरी तयारीका कार्ययोजना निर्माण गर्ने, केन्द्रीय सम्पर्क कमिटी र पूर्वाअञ्चल सम्पर्क कमिटीका बैठकहरु गरी तयारीका काम गर्नु पर्ने छ ।

यस्तै, पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोल स्तरका कमिटी र जनसंगठनका सबै कमिटी, जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चहरुका बैठक तथा भेला गरी तयारीको काम गर्नु पर्ने निर्देशन छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक राष्ट्र हित विपरीत रहेको भन्दै एमालेसहित विपक्षी ९ दल सदन र सडक आन्दोलनमा छन् ।

No automatic alt text available.

Image may contain: text

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ