बझाङ। कैलालीको गोदावरीमा पौस ७ गते भएको सामुहिक गाई हत्याको बिरोधमा आईतबार बझाङ जिल्लामा पनि बिरोध गरिएको छ । राप्रपा निकट भातृ संगठन नेपाल राष्ट्रिय यूवा मोर्चाको नेतृत्वमा बजारमा बिरोध र्याली निकाल्नुका साथै बजार तथा यातायातका साधनहरु बन्द गरेको छ ।
गोदावरीमा भएको गाई हत्या नेपालको धर्म सस्कृती मुल्य मान्यता बिपरित भएकाले यस्ता घटनामा संलग्न ब्यक्ती लाई कडा कारबाही गनु पर्ने बिरोध र्यालीमा सहभागीहरुको जोड छ । गाई हत्याको बिरोधमा भएको र्यालीमा यूवा मोर्चाका कार्यकर्ता सहित सर्ब साधारण महिला पुरुष र बिध्यार्थीहरुको समेत सहभागीता रहेको थियो ।
गाई हाम्रो राष्ट्रिय जनाबर हो बिरोध र्यालीमा सहभागी सत्यबादी उमाबिका बिध्यार्थी शंकर रोकायाले भने गाई मार्ने ब्यक्तीलाई कडा सजाय दिनु पर्छ । धार्मिक स्वतन्त्रता हुदाहुदै पनि यसरी गाई मार्नु भनेको सिंगो नेपालीहरु धर्मका नाममा चुनौती दिए जस्तै हो नेपाल रष्ट्रिय यूवा मोर्चाका जिल्ला अध्यक्ष जनक खड्काले भन्नु सरकारले यस्ता ब्यक्तीलाई खोजेर कारबाही नगरे परिणाम नसोचे जस्तो हुन सक्छ ।
हिन्दु धर्मालम्बीहरुको मुख्य तिर्थ स्थल कैलालीको गोदावरीमा अज्ञात समुहले झण्डै ४० वटा गाईको हत्या गरेर फालेको थियो । गोदावरीमा भएको गाई हत्यको बिषयलाई लिएर यहाँका सर्ब साधारण मानिस समेत आक्रोशित भएका छन् ।