arrow

न्यूरोडमा अहिलेसम्मकै सबैभन्दा ठूलो मोबाइल महोत्सवको तयारी पुरा

logo
प्रकाशित २०७३ पुष १० आइतबार
Mobile_Mela.jpeg
काठमाडौं । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा आयोजना हुने न्यूरोड मोबाइल महोत्सव २०७३ को तयारी पुरा भएको छ । नेपालकै सम्पूर्ण मोबाइल व्यवसायीहरुलाई समेटिएको नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि पुष १९ गतेसम्म ९ डिसेम्बर २८ तारिखदेखि जनवरी ३ तारिख० महोत्सव गर्न लागिएको हो । 
 
नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा आयोजना गर्ने न्यूरोड मोबाइल महोत्सव २०७३ मोबाइलको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो इभेन्टको रुपमा आयोजना हुँने जानकारी संघले आईतबार पत्रकारसम्मेलन मार्फत् दिएको छ ।
 
संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायतका क्षेत्रहरुमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गर्न लागेको हो । नेपालीहरुले पनि गुणस्तरीय मोबाइल सेटहरु खरिद गरुन र नठगिउन भन्ने उदेश्यका साथ “जहाँ मोबाइल बजार त्यहिँ मोबाइल महोत्सव” भन्ने मूल नाराका साथ मोबाइल महोत्सव गर्न लागिएको हो ।
 
महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले यो महोत्सवमा सबै मोबाइल ब्राण्डको सहभागीता रहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा मोबाइल खरिदकर्ताहरुलाई अधिकतम छुट दिइने बताउनुभयो । “अंग्रेजी नयाँ वर्ष शुरुहुँदै गर्दा आफ्ना नजिकका साथीभाई तथा परिवारलाई मोबाइल उपहार दिने यो सबैभन्दा उपयुक्त अवसर हुनेछ” उहाँले भन्नुभयो, यो महोत्सव अहिलेसम्मकै ठूलो र भव्य मेला हुनेछ ।
 
नेपाल मोबाइल व्यवसायी संघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरुको सबैभन्दा ठूलो र पुरानो संस्था हो । यस संघमा हाल ५०० भन्दा बढि रिटेलरहरुको आबद्धता रहेको छ ।
 
मोबाइल महोत्सवका सह संयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड मोबाइल महोत्सवमा आउने हरेक ग्राहकलाई हातखाली नजाने उपहार राखिएको भन्दै न्यूरोड क्षेत्रमा गुणस्तरीय उत्पादनमात्र बिक्री गरिएको बताए। उनले भने, “हामी ग्रे मार्केटका कुनैपनि उत्पादनहरु बिक्री गर्दैनौं र ग्राहकहरुलाई स्तरिय सामान मात्र उपलब्ध गराउँछौं ।”
 
महोत्सवअवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिनेछ । त्यसैगरी ग्राहकहरुले मोबाइल खरिदमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु दैनिकरुपमा लक्की ड्रमार्फत प्राप्त गर्नेछन् भने अन्य विभिन्न उपहारहरु पनि दैनिकरुपमा बितरण गरिनेछ । महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्राण्ड जोप्पो र लिएगो मोबाइल ब्राण्डहरुले औपचारिकरुपमा बिक्री शुरु गर्नेछन् ।
 
बिगत १५ वर्षदेखि मोबाइल व्यवसाय गर्दै आएका मोबाइल व्यवसायीहरुद्धारा आयोजना हुने महोत्सवको अवधिभर मोबाइल बजारको विभिन्न स्थानहरुमा फुड जोन, किड्स जोन, गेमिंग जोन ग्राहकहरुका लागि राखिनेछ भने हरेक मोबाइलको खरिदमा विशेष छुट दिईनेछ ।
 
नेपालका अधिकांश मोबाइल ब्राण्डहरुको सहयोगमा आयोजना हुने न्यूरोड मोबाइल महोत्सवले ग्राहकहरुलाई नयाँ मोबाइल तथा एसेसरिज किन्ने उपयुक्त अवसर प्रदान गर्नेछ भन्ने संघको अपेक्षा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ