arrow

दीपिकाले काटिदिईन् रणवीरको जुँगा

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
10637640_10206809441467567_520957195_n.jpg.jpeg

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह हालसम्म फिल्म ‘बाजीराव मस्तानी’को प्रमोसनमा जाँदा बाक्लो जुँगामै देखिने गर्दथे । तर अफ उनलाई दर्शकले बाक्लो जुँगामा देख्न नपाउने भएका छन् । कारण यो हो कि उनकी प्रेमिका दीपिका पादुकोणले रणवीरको जुँगा काटिदिएकी छिन् । जुन भिडियो रणवीरको ट्वीटरमा हेर्न सकिन्छ । दीपिकाले शेयर गरेको भिडियोमा उनले रणवीरको जुँगा काटिरहेको देख्न सकिन्छ ।

दीपिका र रणवीर रिल झैं रियल लाइफमा पनि प्रेमी प्रेमिका हुन् । जुँगा काटिएपछि रणवीर हैरान भएको र दीपिका खुशी भएको देख्न सकिन्छ । फिल्म ‘बाजीराव मस्तानी’मा बाजीरावको भूमिकामा देखिएका रणवीरले बाक्लो जुँगा पालेका छन् । दीपिका चाहिँ फिल्ममा मस्तानीको भूमिकामा छिन् भने प्रियंका चोपडाले चाहिँ बाजीरावको पहिलो पत्नीको भूमिका निर्वाह गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ