arrow

जापानको विमानस्थलमा भीषण हिमपात, हजारौँ यात्रु अलपत्र

logo
प्रकाशित २०७३ पुष १० आइतबार
hokkaido-snowfall-2-data.jpeg
टोकियो। उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो । जापानको मौसम विज्ञान निकायले आधा शताब्दीकै सबैभन्दा धेरै हिउँ परेको बताएका छन् । 
 
उत्तरी क्षेत्रमा जाने प्रमुखद्धारको रुपमा रहेको न्यु चिटोसे विमानस्थलका सयौँ उडान हिमपातका कारण स्थगित भएका छन् । विमानस्थलका सुरक्षा अधिकारीहरुले बिहीबार दुई हजार पाँच सय, शुक्रबार छ हजार र शनिबार दुई छ सय जना विमानस्थलमै जवरजस्ती रातभरी बसेका बताएका छन् । 
 
बिदा मनाउनका लागि सबैजसो उडानहरु भरिएकाले विमानस्थलमा यात्रुहरुको दुर्दशा भएको जापानको राष्ट्रिय प्रसारण एनएचकेले जनाएको छ । शुक्रबार मात्रै २८० भन्दाबढी उडान र हप्तान्तमा सयभन्दा बढी रेलसेवा रद्ध भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर आइतबारदेखि भने मौसममा धेरै सुधार आएको बताइएको छ । 
 
निकै ठूलो पहाडी क्षेत्र र धुले हिउँका लागि प्रख्यात होकाईदोमा जापानका नागरिकबाहेक अस्ट्रेलिया र चीनबाट पनि पर्यटक आउने गर्दछन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ