arrow

पोप फ्रान्सिसद्वारा सिरिया द्वन्द्वको अन्त्यका लागि आग्रह

logo
प्रकाशित २०७३ पुष १० आइतबार
Pope-Francis.jpeg
भेटिकन सिटी । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले क्रिसमसका अवसरमा आइतबार भेटिकन सिटीमा एक समारोहलाई सम्बोधन गर्दै सिरियामा जारी द्वन्द्व अन्त्यका लागि आग्रह गरेका छन् । 
 
सिरियामा निकै धेरै रगत बगिसक्यो यसलाई अन्त्य गर्न म यस पवित्र पर्वका अवसरमा सम्बद्ध सबैमा आग्रह गर्दछु, क्रिश्चियन धर्म गुरु फ्रान्सिसले भने । 
 
अब हतियारलाई सधैँका लागि रोक्ने र अन्तर्राष्ट्रिय समुदायले द्वन्द्व अन्त्यका लागि सक्रिय पहल गरी समस्याको समाधान खोज्ने बेला भएको छ, फ्रान्सिसले सहरमा क्रिसमस मनाउन जम्मा भएका मानिस तथा विश्व समक्ष सन्देश व्यक्त गरे। 
 
त्यसैगरी क्रिश्चियन पर्व क्रिसमसकै अवसरमा उहाँले पूर्वी जेरुसेलम र वेस्ट ल्यान्डमा इजरायली बस्ती विस्तारमा रोक लगाउन संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले गरेको निर्णयको स्वागत गर्दै इजरायली तथा प्यालेस्टिनी जनताले अब इतिहासको नयाँ पाना थप गर्ने छन् । 
 
उनले अब दुवै मुलुकबीच आपसी समझदारीको विस्तार गर्दै सामाजिक सदभावका लागि काम गर्नेमा विश्वास व्यक्त गरे। एएफपी 
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ