arrow

सभामुखको पहल : शीर्ष नेता फेरि आमुन्ने-सामुन्ने हुँदै

logo
प्रकाशित २०७३ पुष १० आइतबार
Onsari-gharti.jpg.jpeg

काठमाडौं । राजनीतिक गत्यावरोध अन्त्य गर्न भन्दै सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गरेकी छन् । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुखले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता र संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई समेत सहभागि हुन भनेकी छन् ।

बैठकमा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेतालाई बोलाइएको सभामुख घर्तीका प्रेस सल्लाहकार वासुदेव (बबिन) शर्माले जानकारी दिए ।

संविधान संशोधनको विषयलाई लिएर प्रमुख विपक्षी दल एमालले लगातार संसद् अवरुद्ध गर्दै आएको छ । संसद अवरोधले निर्वाचनसँग सम्बन्धित विधेयक अलपत्र परेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोग प्रस्तावसमेत अघि बढ्न नसकेको भन्दै अवरुद्ध संसद खुलाउने विषयमा छलफल गर्न सभामुखले फेरि पहल गरेको सल्लाहकार शर्माले बताए । यसघि सभामुखले एक ठाउँमा ल्याउँदा शीर्ष नेताले आ–आफ्नो अडान नछोड्दा सहमति भएन ।

लगातार सदन रोकिनु जनताको आवाज अवरुद्ध गरेजस्तै हुने भन्दै सभामुखले विधि र प्रक्रियामा विश्वास गरेर अघि बढ्न दललाई आग्रह गरेको जानकारी दिँदै सल्लाहकार शर्माले सोमबारको छलफल निर्णायक बनाउन आह्वान गरेको बताए ।

संविधान संशोधन विधेयक दर्ता भएदेखि नै एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ । एमालेलगायत विपक्षी दलको अवरोधले महत्वपूर्ण विधेयकबारे छलफल हुन सकेको छैन ।

स्थानीय निकायको निर्वाचनका लागि सरकारले पेश गरेका विधेयक अघि नबढे २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरि सक्नु पर्ने संवैधानिक निर्देशन कार्यान्वयनमा कठिनाई हुने सभामुख घर्तीको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ