arrow

संजय पण्डित पुगे चिलिको पुनटा एरिनाज

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
sanjay_pandit.jpeg
काठमाडौं । एन्टारटिका महादेशको शिखर भिन्सन मासिफको आरोहणको तयारीमा रहेका कीर्तिमानी विश्व पर्वतारोही संजय पण्डित चिलिको पुनटा एरिनाज पुगेका छन् | एन्टारटिका महादेशको सर्वोच्च शिखरको आरोहणको अन्तिम तयारीमा रहेका विश्व पर्वतारोही धावक पण्डित यात्राकाे तेस्राे दिन एरिनाज  पुगेका हुन् । उनलार्इ विहीवार उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्रिय झण्डा र हिमालमा प्रयोग हुने आइस एक्स ( हिउँ बन्चरो) प्रदान गरेर नेपालबाट बिदार्इ गरेका थिए । 
 
एसियाको सगरमाथा, अफ्रिकाको किलिमञ्जरो, युरोपको सर्वोच्च शिखर एलव्रस, अमेरिकाको सर्वोच्च शिखर एकन्कागुवाको सफल आरोहण गरिसकेका पण्डित शुक्रवार एन्टारटिका तर्फ प्रस्थान गरेका हुन् । २४९५ कि.मि लामो दुरिको दौड दौडेर ख्याति कमाएका पण्डित दौड हुँदै हिमाल तर्फ आकर्षित भएका हुन् । 
 
झण्डा हस्तान्त्ररण कार्यक्रममा सांसद हिरा बहादुर के.सी., पूर्व योजना आयोगका उपाध्यक्ष डा. गोविन्द राज पोखरेल, पूर्व सांसद वीर बहादुर सिंह, पूर्व सांसद मुक्तिप्रसाद शर्मा, कतार एयरका कन्ट्रीम्यानेजर जयप्रकाश नेयर, राजनीतिज्ञ मणि थापा, विद्यार्थी नेता मनोजमणि आचार्य, युवाउद्यमी रघु पुरी, एन.आर.एन. जापानका महासचिव अनुज थापा लगायतले संयुक्त रुपमा बिदार्इ एवम‌ शुभकामना व्यक्त गरेका थिए।
 
कार्यक्रममा पण्डितले आफुलाई सहयोग गर्ने सम्पूर्ण सहयोगदातालाई धन्यवाद दिए । पण्डितले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो २५ घण्टा ४० मिनेट एवम अष्ट्रेृलियाको उच्च शिखर कोजियस्को ५ घण्टा १३ मिनेटमा आधार शिविरदेखि शिखरसम्म नेपाली दौरा सुरुवाल र भादगाउँले टोपी लगाई उल्टो हिडेर सफलता पूर्वक कीर्तिमानी आरोहण गरेका थिए भने युरोपको उच्च शिखरमा ६ मिनेट ३ सेकन्ड अर्ध नाङ्गिएर रेकर्ड कायम गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ