arrow

खतरनाक सुटर ठाकुरकाे नाउमा दर्जन बढी अपराध

सात बढी हत्या

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
sutter-na.jpeg

गौशाला  । सात बढी हत्या तथा दर्जनौँ साङ्गठनिक अपराधमा संलग्न  खतरनाक सुटर दिपेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीको सर्वाधिक खोजीमा रहेका ठाकुर फरार थिए । उनी शनिबार मात्रै पक्राउ परेका हुन् । बथनाहा गाविस–४ का दीपेन्द्र ठाकुरलाई महोत्तरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा ठाकुर महोत्तरी, धनुषा, सिराहा र सर्लाही जिल्लामा सात जनाभन्दा बढीको हत्या गरी फरार रहेको प्रहरीले बतायो । भारतको विभिन्न ठाउँमा लुक्दै बसेका ठाकुर शनिबार बिहान सिस्वाकटैया गाविस–१ बाट पक्राउ परेका पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

ठाकुरको साथबाट एक थान नलकटुवा पेस्तोल, दुई राउन्ड गोली, एक थान मोबाइल, एक थान भारतीय मोवाइलको सिम र १४–२० ग्राम खैरो हिरोइन बरामद गरेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।

पक्राउ परेका ठाकुरले जिल्ला प्राविधिक कार्यालय महोत्तरीका सवओभरसियर पूर्णसिंह प्रधानलाई गोली हानी हत्या गरेको, जानकी मेडिकल कलेजका तत्कालीन सञ्चालक अशोक सिन्हाको धनुषा जिल्लाको जनकपुर–४ स्थित घरमा गोली प्रहार गरी उनका म्यानेजरलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, ठाकुरले महोत्तरी, धनुषा, सिरहा र सर्लाहीलगायत भारतको कयौं ठाउँमा अपहरण, चन्दा असुली र धाकधम्कीका दर्जन बढी घटना घटाइसकेको प्रहरीले जनाएको छ ।

ठाकुरमाथि महोत्तरीमा चार, धनुषामा पाँच, सिराहा र सर्लाहीमा गरी सङ्गठित अपराध, हातहतियार, चन्दा आतङ्क, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधलगायत दर्जनभन्दा बढी मुद्दा रहेका छन् ।

उनी तराईमा सशस्त्र विद्रोह गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चा ‘राजन मुक्ति समूह’को सक्रिय कार्यकर्ता रहेको समेत बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ