arrow

सुल्तान सलमान ५१ वर्ष पुगे, आमाको चड्कन अझै गालामा

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
salman.jpeg
मुम्बई । सुल्तान सलमान खान ५१ वर्षका पुगेका छन् । भलै अविवाहित र बाहिरबाट हेर्दा ब्याचेलर किन नहोउन् उनको उमेर गएको उनका फ्यानलाई पत्तै छैन । किनकि सुल्तान कहिले वान्टेड बनेर छाउँछन्, कहिले बडिगार्ड बनेर आउँछन् त कहिले दबंग स्टार । 
 
सन् १९६५ को २७ डिसेम्बरमा मध्यप्रदेशको इन्दोरमा जन्मिएका सलमानको पूरा नाम सायदैलाई थाहा होला । उनको पूरा नाम अब्दु राशिद सलीम सलमान खान हो । 
 
उनी ऐश्वर्या रायदेखि क्याट्रिना कैफसम्म जोडिए । देशी विदेशी कलाकारसंग जोडिए । तर उनीसंग कोही पनि घरमा रहन सकेनन् । उनी अविवाहित छन् । 
 
सायद त्यसैले हो कि उनकी आमा सुशीलाले अहिले पनि थप्पड हिर्काउँछिन् । हालै एक अन्तर्वार्तामा सलमानले भनेका थिए, ‘बाल्यकालमा मेरा दुई भाइ अरबाज र सोहेल बदमास जिए, म सोझो थिएँ, त्यसैले केही गल्ती भयो कि पिटाइ मैले खान्थें ।’
 
सलमानले अहिले पनि आमाको प्यार गालामा पर्ने गरेको बताएका छन् । बाबु सलीमले त उनलाई समय समयमा सामाजिक संजालमासमेत छोड्दैनन् । तर सलमानलाई कसैले कही भन्यो भने पनि मर्ने गरी अक्षरले हिर्काउँछन् । 
 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ