arrow

१६१ जना सवार जेट एयरवेज मुस्किलले ठूलो दुर्घटनाबाट बच्यो

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
jet-airways.jpeg
गोवा । मंगलबार बिहान भारतको गोवा विमानस्थलमा एक जेट एयरवेज ठूलो दुर्घटनाबाट जोगिएको छ । १६१ जना सवार रहेको जेट एयरवेजले उडान भर्ने क्रममा अचानक रनवेको बाटो छोडेको थियो । 
 
स्थानीय समय अनुसार बिहान ५ बजे गोवाबाट मुम्बई जाँदै गरेको बिमान रनवेबाट चिप्लिएको थियो । यात्रीहरुलाई बाहिर निकाल्ने क्रममा विमान अचानक चिप्लिएको प्रत्यक्षदर्शीले बताएका छन् । 
 
घटनामा १५ जनालाई चोटपटक लागेको छ । केहीको हात खुट्टा भाँचिएको पनि जनाइएको छ । विमानमा १५४ यात्रु तथा सात जना चालक दलका सदस्य थिए । 
 
यो घटनापछि विमानस्थल दिउँसो १२ः३० बजेस बजेसम्मका लागि आवागमन बन्द गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ