arrow

मोर्चासँगको झडपमा रौतहटमा ११ प्रहरी घाइते

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
Rautahat.jpg.jpeg
काठमाडौं । मधेसी मोर्चाको कार्यकर्ताले रौतहटको कविर चोकमा टायर बालेर अवरुद्ध पारेपछि त्यसलाई हटाउन प्रहरी जाँदा भएको झडपमा ११ जना प्रहरी घाइते भएका छन्। रौतहट प्रहरीका अनुसार प्रदर्शनकारीको ढुंगा प्रहारबाट प्रहरी नायव निरीक्षक त्रिभुवन साहसहित ११ जना प्रहरी घाइते भएका हुन्।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार राउण्ड हवाइ फायर र आठ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। अहिले गौरस्थित वीपी चोक तनावग्रस्त छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबारदेखि आन्दोलनलाई कडा बनाउन निर्णय गरेपछि मोर्चाका कार्यकर्ता विहानदेखि नै सडकमा उत्रिएका थिए । त्यहाँ अहिले पनि तनावको अवस्था कायमै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ