arrow

बरंजा बन्यो जिल्लाकै पहिलो पूर्ण साक्षर गाविस

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
bajrang.jpg.jpeg
बेनी ।   जिल्ला बरंजा गाउँ विकास समितिलाई पहिलो पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । १६–५९ बर्ष उमेर समुहका ९५ प्रतिशत स्थानीय साक्षर बनेपछि शनिबार बाजागाजा र भजनकिर्तन सहित संसद् रेशम बानियाँले सार्वजनिक सपथ खुवाउँदै पूर्ण साक्षर गाविस घोषणा गरिएको हो । १६–५९ बर्षसम्मका तीन हजार ७ सय ३७ जना मध्ये तीन हजार ५ सय ५७ जना साक्षर बनेको र १ सय ८१ जना अझै निरक्षर रहेको जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति कृष्णलाल सापकोटाले जानकारी दिए । सरकारले तोकेको मापदण्डमा साक्षरता प्रतिशत ९५ पुगेमा पूर्ण साक्षर क्षेत्र घोषणा गर्न सकिने प्रावधान छ । 
 
सरकारले सन् २०१५ भित्र निरक्षरता उन्मुलन गर्ने संकल्प गरिएपनि म्याग्दीमा अन्तिम समयमा मात्रै यो अभियान तीब्रता पाएको छ । घोषणा सभामा बोल्दै संसद बानियाँले सुस्ताएको अभियानले गति लिनु सकरात्मक भएको बताए । ‘शैक्षिक क्षेत्रमा बरंजाबासीले देखाएको सक्रियता अनुकरणीय छ, जिशिकाले अन्य गाविसमा पनि यस्तै  अभियान चलाउनुपर्छ, उनले भने ।गाविसका ६–१५ बर्षउमेर समूहका १४ सय ६९ विद्यार्थी विद्यालयको पहुँच भित्र रहेको जिल्ला शिक्षा कार्यालयले  जनाएको छ । 
 
‘११ सय ६१ विद्यार्थी गाविसमा सञ्चालित १३ वटा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन्, भने बाँकी गाविस बाहिरका संस्थागत र उच्च माविमा तहमा अन्ययन गरिरहेका छन्, स्रोतव्यक्ति सापकोटाले भने । २०६७ सालबाट जिल्लामा सुरु भएको साक्षरता अभियान अन्र्तगत जिल्लाभर अहिलेसम्म  १५ हजार  ८ सय ५२ साक्षर भएका छन् भने ३ सय ६९ अझै निरक्षर नै छन् । बरंजा सहित २४ गाविसमा साक्षरता प्रतिशत ९५ भन्दा बढी रहेको जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी बताए । 
 
‘जिल्लामा हामीले यो अभियानलाई तीब्रता दिएका छौँ, विगतका बर्षहरुमा फिल्डमा काम भएको  थियो भने अब त्यसलाई घोषणा गर्दे जिल्ला घोषणाका लागि तयारी गर्नेछौँ, जिशिअ अधिकारीले भने, ‘२४ गाविसलाई पालैपालो यो अब भित्र घोषणा गर्दै जानेछौँ ।’ सरकारले निर्धारण गरेको विभिन्न १२ वटा मापदण्ड मध्ये आफ्नो लेख्न सक्ने, हस्ताक्षर गर्न सक्ने र १  देखि ९ सम्मका अक्षर चिन्न सक्ने लगायतका ७ वटा मापदण्ड पूरा गरि ९५ प्रतिशत साक्षरता दर पुगेमा साक्षर क्षेत्र घोषणा गर्न सकिने उनले बताए ।
 
 जिशिका अनुसार, कुहुँ, दरबाङ, ताकम, बेगखोला, दोबा, भुरुङतातोपानी, दाना, राम्चे, हिस्तान, घार, देविस्थान, मुना, मुदी, लुलाङ, मराङ, मल्कबाङ, पाखापानी र पात्लेखेत गाविस र बेनपाका सिँगा, घतान, अर्थुङे र पूलाचौर क्षेत्रमा ९५ प्रतिशत भन्दा माथि साक्षरता प्रतिशत छ । बाँकी १४ गाविसमा पनि ८५ प्रतिशत भन्दा माथि साक्षरता प्रंतिशत छ । घोषणासभा जिल्लास्थित राजनीतिक दल, सामाजिक संघसंस्था र क्लबहरुले निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउन आ–आफ्नो स्थानबाट पहल गर्ने प्रतिबद्धता  समेत जनाएका थिए 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ