arrow

राजदूत सिफारिसमा देउवा र प्रचण्डबीच भागबन्डा विवाद

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
deuba-dahal-dosti-new.jpg.jpeg
काठमाडौं । तेह्र मुलुकमा राजदुत सिफारिसबारे सत्ता साझेदार माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भागबन्डा नमिल्दा विवाद उत्पन्न भएको छ । जसका कारण राजदूत सिफारिसमा ढिलाइ भएको छ ।
 
जानकार स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल १३ मुलुकमा राजदुत सिफरिस गर्दा दुवै पार्टीले ५०÷५० प्रतिशत भागबन्डा गर्नुपर्ने अडानमा छन् । 
 
तर कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेसलाई ६० र माओवादीलाई ४० प्रतिशत बाँड्नुपर्ने पक्षमा छन् ।
 
दुवै सत्ता साझेदार राष्ट्रिय पार्टी प्रजातन्त्रलाई एक सिट दिने पक्षमा भने लगभग सहमत छन् ।
 
जापान, बहराइन, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, इजरायल, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, कतार, म्यानमार, साउदी अरेबिया, डेनमार्क र ओमनका लागि राजदूत सिफारिस गर्ने सरकारको तयारी छ ।
 
कांग्रेस र माओवादी पार्टीको उच्च तह विदेश विभाग, मन्त्रीहरु तथा परराष्ट्रमन्त्री प्रकाशशरण महतकहाँ राजदुत बन्न पाउँ भन्दै बायोडाटा बुझाउनेको लर्को छ ।
 
 ‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका सल्लाहकारलाई सचिवालयमै भेटेर बायोडाटा बुझाउनेको संख्या पनि कम छैन ।’ स्रोतले भन्यो । (अन्नपूर्ण पोस्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ