arrow

महिला फुटबलको उपाधि कब्जा गर्ने नेपालको दाउ

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
foot.jpg.jpeg
काठमाडौं । काठमाडौंमा आइतबार हुने एएफसी अण्डर–फोर्टिन महिला च्याम्पियन्सिप फुटबलको फाइनलमा नेपाल र बंगलादेश दुबै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने जिकिर गरेका छन् । 
 
फाइनल खेल पूर्व आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका प्रशिक्षक तथा कप्तानले आ–आफ्नो टोलीले उपाधी जित्ने ठोकुवा गरे । वैशाख १२ गते काठमाडौंको दशरथ रंगशालामा नेपाल र बंगलादेश प्रतियोगिताको उपाधिका लागी भिड्ने तय भएकामा सोही दिन गएको शक्तिशाली भूकम्पले फाइनल तथा तेस्रो स्थानका लागी हुन लागेको खेल स्थगित भएको थियो ।
 
नेपालले सेमिफाइनमा भारतलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । यस्तै, बंगलादेशले इरानलाई २–० ले निराश पार्दै नेपालसँगको उपाधी भिडन्त पक्का गरेको हो । बंगलादेशको फुटबल संघले एसियाली फुटबल महासंघ एएफसीसँग स्थगित फाइनल खेल पुनः गर्न आग्रह गरेपछि एएफसीको पहलमा एन्फाले आइतबार फाइनल खेल संचालन गर्न लागेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ