arrow

खेल्दा खेल्दै अँध्यारो भो, नतिजा आएन

फुटबल : आर्मी र मध्यमाञ्चलको सेमिफाइनल भिडन्त

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
satau-ko-maskat-new-a.jpeg

सुनसरी । सातौं राष्ट्रिय खेलकूद अन्तर्गत पुरुष फुटबलको दोस्रो सेमिफाइनलको नतिजा रोकिएको छ । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा त्रिभुवन आर्मी र मध्यमाञ्चलबीचको सेमिफाइनलको नतिजा रोकिएको हो । खेल चल्दा चल्दै अध्यारो भएपछि पेनाल्टी सुटआउट हुन सकेन ।

निर्धारित समयमा गोल हुन नसकेको खेल ३० मिनेट अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पेनाल्टी गर्ने समयमा मैदानमा अध्यारो भएपछि विहिबार विहान पेनाल्टी गर्ने गरी खेल स्थगित गरिएको असाेसिएट  रेफ्री किरण गिरीले हाम्राकुरालाई जानकारी दिए ।

किन समय पुगेन ? जावफमा गिरीले भने, ‘विहान हुस्सु लागेर पहिलो खेल केही ढिला हुन गयो । त्यसमा पनि पहिलो सेमिफाइनल पनि अतिरिक्त समयमा जाँदा पछिल्लो खेल ढिला सुरु भयो ।’ आर्मी र मध्यमाञ्चल खेल्दा खेल्दै अँध्यारो भयो ।

दुबै टोलीका कप्तानलाई राखेर गरेको सहमति अनुसार मौसम अनुकुल भए विहान र नभए दिउँसो हुने गिरीको भनाई छ । नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै एपीएफ भने फाइनलमा पुगिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ