arrow

लेखक तथा मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कमलमणि दीक्षितको निधन

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
kamalmani-dikxit.jpeg
काठमाडौं । लेखक तथा मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कमलमणि दीक्षितको निधन भएको छ । श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित ८७ वर्षीय दीक्षितको ललितपुरको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान २ः४५ बजे निधन भएको हो ।
 
दीक्षितको सकृयतामा २०१२ सालमा मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको स्थापना भएको थियो।
 
गुठी मार्फत् नेपाली भाषामा प्रकाशित हुने उत्कृष्ट पुस्तकका निम्ति मदन पुरस्कार  र नेपाली भाषाको श्री–वृद्धिका लागि योगदान वापत जगदम्बा–श्री पुरस्कार बर्सेनि प्रदान गरिन्छ।
 
खोजमुलक निवन्ध, नियात्रा, संस्मरण, साहित्य लगायत विषयमा दीक्षितका ५० भन्दा बढी कृति प्रकाशित छन् ।
 
दीक्षितको बिहीबार बिहान ७ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि हुने पारिवारिक स्रोतले जनाएको छ । 
 
दीक्षितका दुई छोराहरु कुन्द दीक्षित र कनकमणि दीक्षित तथा छोरी रुपा जोशी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ