arrow

बिहीबारको मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
pm-office.jpeg

काठमाडौँ । सरकारले पोखरा खानेपानी सुधार आयोजनाका लागि रु चार अर्ब ४३ करोड विनियोजन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र समग्र शिक्षाका लागि एसियाली विकास बैंक (एडिबि) बाट प्राप्त हुने दुई अर्ब १२ करोड स्वीकृति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

गत वर्षको भूकम्पले क्षति पुर्‍याएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् परियोजनाको ड्याम साइट मर्मत सम्भारका लागि रु ६१ करोड १८ लाख विनियोजन गर्ने निर्णय बैठकले गरेको उनले जानकारी दिए। प्रवक्ता कार्कीले केमिकल इञ्जिनियरिङ, केमिकल इञ्जिनियरिङ एन्ड पोलिमर साइन्स, बायो मेडिकल, बायो टेक्नोलोजीलगायत इञ्जिनियरिङका विभिन्न विधालाई पनि इञ्जिनियरिङ अनुसूचीमा समाहित गर्ने निर्णय गरिएको बताए । 
 
मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका प्रमुख सेनानी रवीन्द्र केसीलाई महासेनानीमा पदोन्नति, कार्यस्थलमा कार्यरत (मजदुर र ज्यामी) का लागि ध्वनि र प्रकाश अन्तर्राष्ट्रिय मापदण्ड अनुसार राख्ने निर्णय समेत गरेको उनले जानकारी दिए । 
 
प्रेस काउन्सिलमा नियुक्ति 
यसैगरी बैठकले प्रेस काउन्सिल नेपालको सञ्चालक समिति सदस्यमा पत्रकारद्वय नवलकिशोर यादव र सङ्गीता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । 
 
त्यसैगरी पुनःनिर्माण प्राधिकरणमा कार्यरत इञ्जिनियरका लागि जिल्ला सदरमुकाममा भएकालाई ५० प्रतिशत र दुर्गम क्षेत्रमा भएकालाई ७५ प्रतिशत भत्ताको व्यवस्था गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । 
 
नेपालको आकाशमा नेपालको स्याटलाइट, नेपालको धर्तीमा नेपाली झन्डा भन्ने अभियानलाई सरकारले सञ्चालन गरेको प्रवक्ता कार्कीले बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ