arrow

आगलागी पिडितलाई सैनिक श्रीमती संघको राहात

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष १४ बिहिबार
Terhathum-hamrakura.jpeg
पाँचथर । तेहथुमको सक्रान्तिमा भएको भीषण आगलागीमा परेकालाई सैनिक श्रीमती संघ (नेपाली सेना)ले राहात स्वरुप खाद्यान्न तथा लत्ताकपडा प्रदान गरेको छ ।
 
नेपाली सेनाको भैरवी दल गण फिदिमको संयोजनमा संघले सक्रान्ति बजार पुगेरनै सहयोग गरेका हो । आगलागी पीडितलाई चामल, ज्याकेट र ब्लाङकेट सहयोग गरेको हो ।त्यहाँका आगलागी पीडित भएका ७३ परिवालाईनै सहयोग गरीएको छ ।
 
श्रीमती संघकी सदस्य पुजा पन्त, भैरवी दलका गणपति शिवराज पन्तले पीडितलाई राहत समाग्रि हस्तान्तरण  गर्नुभयो । प्रत्येक परिवारलाई पच्चिस केजीका दरले चामल, ९० थान ज्याकेट र ७८ थान ब्लाङकेट सहयोग गरिएको छ । दैविक विपत्तिको वेला तत्कालिन  समयमा राहत हुने गरी सहयोग गरीएको संघका सदस्य पन्तले बताए ।
 
कठाङ्ग्रीने चिसोको समयमा ब्लाङ्केट र ज्याकेट पीडितले पाएका छन् । आगलागीको समयमा फिदिमबाट गएको गणका सैनीकहरुले नियन्त्रणमा महत्वपूर्ण सहयोग गरेको भन्दैँ स्थानियले प्रसंसा समेत गरेका थिए । आगो नियन्त्रणमानै गणले गरेको सहयोग पर्याप्त भएपनि राहतले थप सहयोग पुगेको राहत व्यवस्थापन समितिका अध्यक्ष प्रेम पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ