काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षत्रीले बिहिबार मध्यपश्चिम पृतना हेड क्वाटर अन्तर्गतका युनिटहरुको निरिक्षण भ्रमण गरेका छन् । सेनापति क्षत्रीले पश्चिम पृतना हेड क्वाटर अन्तर्गत हुम्ला जिल्लास्थित नयाँ भैरवीदल गुल्म र मुगु जिल्लास्थित दुर्गा भञ्जन गुल्मको निरिक्षण गरेका हुन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति क्षत्रीले गुल्महरुको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिए । सो अवसरमा उनले सकलदर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिए ।