arrow

कोइरालाको पक्षमा मतदान गर्न नेपाली काँग्रेसको अपिल

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1884601053.jpeg
काठमाडौँ। नेपाली काँग्रेसले देशको वर्तमान विशिष्ट अवस्थामा राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि प्रधानमन्त्री पदमा नेपाली काँग्रेसका उम्मेदवार सुशील कोइरालाको पक्षमा मतदान गरी महत्वपूर्ण योगदान पुर्‍याउन सम्पूर्ण सांसदलाई अपिल गरेको छ ।
 
पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूद्वारा जारी विज्ञप्तिमा महिला, आदिवासी, जनजाति, पिछडिएको वर्गलगायत सम्पूर्ण समुदायबाट उठेका प्रमुख मागलाई संविधान संशोधनको प्रक्रिया प्रधानमन्त्री एवम् पार्टी सभापति कोइरालाको अग्रसरतामा संसद्मा दर्ता भइसकेको भन्दै वार्ता र संवादको निष्कर्षबाट सम्बोधन गर्न सकिने अवस्था विद्यमान रहेकाले राष्ट्रिय अखण्डताको रक्षा गर्न तथा मधेस, पहाड र हिमालको बीच सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि जिम्मेवारीका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलहरु, बुद्धिजीवी, पेसाकर्मी, नागरिक समाजलगायतलाई भावावेशमा नलागी धैर्य र संयमका साथ लाग्न पनि आग्रह गरेको छ ।
 
वर्तमान समयमा मुलुकमा देखापरेको राजनीतिक ध्रुवीकरणले यथार्थमा राष्ट्र र समाजको तात्कालीन र दीर्घकालीन हित हुन नसक्ने भन्दै काँग्रेसले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण र नवनिर्माणको चुनौतीपूर्ण कार्य सम्पन्न गर्नका निमित्त देशमा राजनीतिक स्थिरता र दिगो शान्ति कायम गर्न जरुरी भएको उल्लेख गरेको छ ।
 
विज्ञप्तिमा दातृ राष्ट्रहरु र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका साथै हाम्रो देशको विशिष्ट अवस्थितिलाई समेत ध्यानमा राखी मुख्यतः दुई छिमेकी मित्रराष्ट्रहरु भारत र चीनसँग हार्दिक र सन्तुलित मैत्रीपूर्ण सम्बन्ध राख्नुपर्ने यथार्थलाई समेत हृदयङ्गम गरी विपी कोइरालाले मार्गदर्शन गरेको राष्ट्रिय एकता र मेलमिलापको मार्गबाट राष्ट्रको रक्षा गर्न पनि अपिल गरेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ