arrow

नेपाल–चीन सैन्य तालिम हुँदै, मिति खुल्न बाँकी

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
nepal-china-flag.jpeg
काठमाडौं । दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उदेश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम हुने भएको छ । उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिमबारे घोषणा गरेको हो ।
 
चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो । सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमती प्राप्त भइसकेको स्रोतले बतायो ।
 
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सन् २०१७ मा नेपाल र चीनबीच संयुक्त सैन्य तालिमबारे प्रारम्भिक वार्ता भएको बताए ।
 
तर सैन्य तालिम कहिले हुने भन्ने यकिन मिति खुलाएनन् । ‘सैन्य तालिमको यकिन मिति उपयुक्त समयमा घोषणा गरिनेछ’, प्रवक्रा युजुनले भने । 
 
चीन र नेपाल बीच सैन्य क्षेत्रमा हालैका बर्षमा विभिन्न स्वरुपमा सम्पर्क भइरहेको बताए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ