arrow

घाँटी रेटेर बारामा दुई युवाको हत्या

logo
वसन्त खतिवडा
प्रकाशित २०७३ पुष १५ शुक्रबार
youth_Killed_bara.jpeg
बारा।घाँटी रेटेर हत्या गरिएको अवस्थामा बाराको जंगलमा दुई जना युवाहरुकाे शव फेला परेको छ । धारिलो चक्कुको प्रयोगबाट घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनीहरुको शव बुधवार बेलुकी फेला परेको हो ।जिल्लाको करैया गाबिस अन्तरर्गत पर्ने जंगलमा ती युवकहरुको लास फेला परेको जिल्ला प्रहरी कार्यालय कलैया बाराले बताएको छ । 
 
पूर्व पश्च्मि महेन्द्र राजमार्गको दक्षिण पर्टी १४ किलो मिटर भन्ने जंगलमा पर्ने सहजनाथ महादेव मन्दिर भन्दा २ किलो मिटर पूर्व तथा उत्तर पर्टीको जंगलमा उनीहरुको शव फेला परेको थियो ।
 
घटना स्थलमा गएको प्रहरीहरुको टोलीले दुई जनाले लगाएको कपडाको खल्तिबाट तलास गर्दा एक जनाको खल्तिबाट परिचय पत्र र केहि कागजातहरु फेला परेको तथा अर्का युवाको खल्तिबाट सुर्तीको बट्टा र ट्याबलेट फेला परेको छ । परिचय पत्रको अनुसार मृतकहरु भारतीय रहेको देखिएको प्रहरीले बताएको छ ।
 
फेला परेको परिचय पत्रमा भारत सरकार , आम आदमी का अधिकार , नाम दिपक राम र जन्म तिथि डि.ओ.वी २००३ साल जनवरी ०१ तारिख उल्लेख गरिएको छ । 
 
परिचय पत्रमा उल्लेख गरिए अनुसार एक जनाको उमेर १४ बर्ष भएको खुलेको छ । भने अर्का युवकको साथमा कुँनै प्रकारको परिचय पत्र नभेटिएकोले अन्दाजी उनको उमेर २२ बर्ष रहेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेन्द्र कुमार रेग्मीले जानकारी दिए । 
 
लासको प्रकृर्ती हेर्दा घाँटी रेटी हत्या गरिएको , हाँत खुट्टा बाँधेको अवस्थामा फेला परेको प्रवक्ता रेग्मीले भने । प्रवक्ता रेग्मीका अनुसार बुधवार १ बजेर ३० मिनेट जाँदा घटनाका बारेमा जानकारी पाएको र अनुसंनधान जारी रहेको बताए । लास करिब ४ , ५ दिनको रहेको अनुमान गरिए पनि पोष्ट मार्टम रिपोर्ट आए पछि मात्रै जानकारी हुँने उनले बताए ।
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ