arrow

अमेरिकाले ३५ कूटनीतिज्ञलाई देश निकाला गरेकै दिन रसियामा पनि ३५ जनालाई निकाला गर्न प्रस्ताव

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
Embassy-of-america-in-russia.jpeg

काठमाडौं । रसिया र अमेरिकाबीच चिनिएको सम्बन्ध झनै चिसो हुने स्थिती देखिएको छ । शुक्रबार विहान अमेरिकाले आफ्नो मुलुकमा रहेका ३५ रसियन कूटनीतिज्ञलाई देश निकाला गर्ने प्रस्ताव गरेसँगै रसियाले पनि शुक्रबार नै आफ्नो देशमा रहेका अमेरिकी कूटनीतिज्ञलाई पनि देश निकाला गर्न प्रस्ताव गरेको छ ।

रसियाका विदेश मन्त्री शेरजेयी लेभ्रोभले राष्ट्रपति भ्लादिमिर पुटिनसँग यस्तो प्रस्ताव गरेको विविसीले जनाएको छ । बीबीसीका अनुसार राष्ट्रपति चुनावका क्रममा अवरोध गर्न खोजेको आरोपमा बाराक ओबामा सरकारले ३५ कुटनीतिज्ञलाई अमेरिका छोड्न आदेश दिएको हो ।  

अमेरिकाले उनीहरुलाई देश छाड्न ७२ घण्टे समयसमेत दिएको थियो । यसैबीच रसियाले पनि त्यसको प्रतिकारमा यस्तो प्रस्ताव गरेको हो ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका नवनिर्वा्चित राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्ध घनिष्ट भएको संकेत आइरहेका बेलामा ह्वाइटहाउसबाट भएको यो निर्णयलाई भने निकै अर्थपूर्ण तरीकाले हेरिएको छ ।

ट्रम्पले सत्ता सम्हाल्नुअघि बाराक ओबामा सरकारले यो निर्णय लिएपछिको अवस्थाबारे भने रुसले समय आएपछि उचित जवाफ दिने प्रतिक्रिया जनाएको छ । रुसी सरकारका प्रवक्ताले समयको प्रतिक्षा गर्नसमेत सल्लाह दिएका छन् । अमेरिका र रुसको यो आपसी असमझदारीले भने विश्वलाई नै असर पुग्ने आँकलन गर्न थालिएको छ । कूटनीतिक रुपमा बदला लिनको लागि अर्काे देशले जतिजनालाई कारबाही गरेको थियो त्यत्ति संख्यामा रसियाले पनि कारबाही गर्न प्रस्ताव गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ