arrow

४६ जना पत्रकारको निःशुल्क मृगौला परिक्षण

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ पुष १५ शुक्रबार
Rukum.jpeg

रुकुम। रुकुममा ४६ जना पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयले सबै नेपालीलाई स्वास्थ्य क्षेत्रमा सर्वसामान्य पुहँच पुर्‍याउने कार्यक्रम अनुसार यहाँ पनि नेपाल प्रेस युनियन रुकुमको आयोजनमा मृगौला परिक्षण गरिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय सल्ले रुकुमको प्राविधिक सहयोगमा जिल्ला स्थित ४६ जना पत्रकारहरुको निशुल्क मृगौला परिक्षण गरीएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डा. राजेन्द्र जिसीले जानकारी दिए। स्वास्थ्य मन्त्री गगन थापाले सबै नेपालीलाई नियमित रुपमा अनिवार्य मृगौला परीक्षण गर्न आव्हान गरेपछि अस्पतालको सहकार्यमा निःशुल्क पत्रकारहरुको मृगौला परिक्षण गर्ने ब्यवस्था मिलाएको प्रेश युनियन रुकुमका उपाध्यक्ष आदर्श केसीले बताए।

परिक्षण गरिएका सबैको मृगौलामा केहि समस्या नरहेको पनि अस्पतालले बताएको छ। नेपाल पत्रकार महासँघ रुकुमका अध्यक्ष गणेश चिन्तन र प्रेश युनियन रुकुमका संस्थापक अध्यक्ष नरेन्द्र केसीले मृगौला परिक्षण गरेर शिविरको उद्धघाटन गरेका थिए। स्वास्थ्य मन्त्रालयले  जिल्लामा मृगौला परिक्षणको लागि आवश्यक पर्ने डिपिस्टिक किट पठाएकोले शिविर सञ्चालन गर्न सहज भएको डा.जिसीको भनाई छ।

सरकारले ३० वर्षमाथिका सुगर र प्रेसर भएका मानिसले वर्षको २ पटक मृगौला परीक्षण गर्न आव्हान गर्दै पहिलो चरणमा २० लाख मानिसहरुलाई निःशुल्क मृगौला परीक्षण गर्ने वातावरण बनाएको छ। नेपालमा मृगौला रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न स्वास्थ्य मन्त्रालय देशभर अभियानको रुपमा अगाडि बढाएको छ। निःशुल्क रुपमा मृगौलाको परिक्षण गर्न पाएपछि पत्रकारहरु पनि खुशी भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ