arrow

प्रचण्ड व्ल्याक लेवल पिएर सुत्नु भएको त छैन ? : प्रदीप ज्ञवाली

सीमांकनबाहेक तीन विषयमा एमाले संसदमा छलफल गर्न तयार छ

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
Pradip-gywali-news.jpeg

काठमाडौं । एमाले सचिव प्रदीप ज्ञवालीले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमा उल्लेख भएको प्रदेशको सीमांकनको विषयलाई थाँती राख्ने हो भने बाँकी तीन वटा विषयमा छलफल गर्न र भोटिङ्बाट आएको परिणाम स्वीकार्न एमाले तयार रहेको बताएका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा शनिबार सचिव ज्ञवालीले प्रदेशको सीमांकन संशोधन गर्ने कुरा संघीयताको सिद्धान्त र संविधान विपरीत भएको बताउँदै भने, ‘प्रदेशको सीमांकन बाहेकका तीन वटा विषयमा संसदमा छलफल गर्न एमाले तयार छ, र भोटिङ्बाट आएको परिणाम एमालेले स्वीकार गर्छ, तर सीमांकनको विषयमा एमालेले कम्प्रमाईज गर्दैन ।’ सविच ज्ञवालीले नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संसदमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट पारे ।

संशोधन विधेयकमा उल्लेख गरिएको सीमांकन हेरफेर संविधान विपरीत भएकाले सरकारले प्रस्ताव लिए समस्याको समाधान हुने समेत विश्वास दिलाए । उनले पहाड र मधेसलाई अलग गर्ने काम कुनै हालतमा स्वीकार्य नहुने पनि बताए । ज्ञवालीले सरकारका कारण पछिल्लो समय संघीयता विरोधी जनमत बढिरहरेको समेत सुनाए ।

ज्ञवालीले भने, ‘सबैभन्दा राम्रो उपाय भनेको यो विद्येयक फिर्ता लिनुपर्छ, किनकी विद्येयक कुनै हालतमा पारित हुँदैन ।’ ज्ञवालीले सरकारलाई संशोधन विद्येयक फिर्ता लिन प्रतिष्ठाको विषय भए प्रस्ताव स्थगन् गरेर अघि बढ्नको लागि आफ्नो पार्टीले सहयोग गर्ने समेत बताए ।

संशोधन विधेयकलाई थाँती राखेर अविलम्ब निर्वाचन सम्बन्धि विद्येयकहरुलाई अघि बढाउन समेत सरकारसँग माग गरे । ज्ञवालीले अघि भने, ‘प्रधानमन्त्री के गरेर बसिरहनुभएको छ, पाँच महिना वितिसक्यो खोई त निर्वाचन विधेयक अघि बढेको ? एमालेले संसद अवरुद्ध गर्दा काम गर्न पाइएन भन्नुभएको हो भने, संशोधन विद्येयक त मंसिर १४ गते दर्ता भएको हो नि, कि प्रधानमन्त्री प्रचण्ड ब्ल्याक लेबल खाएर सुत्नुभएको छ ?’

उनले निर्वाचसम्बन्धि विधेयकहरु फाष्ट ट्रयाकबाट भएपनि अघि बढाई पारित गर्दै चुनावको मिति घोषणा गरेर पुनः संविधान जारी गर्दाका शक्तिहरुलाई एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए । एमालेको अवरोधको बावजुदपनि संशोधन विधेयक अघि बढाउने भनेर सत्तारुढ दलले अभिव्यक्ति दिएको विषयलाई उल्लेख गर्दै ज्ञवालीले भने, ‘धम्कीको भाषा नदिए हुन्छ, पेलेरै जाने कुरा नगरे हुन्छ ।’

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले संविधान संशोधन विद्येयक पारित हुने ठोकुवा गरेका छन् । साउदले संविधान संशोधन विद्येयक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोगमै पारित हुने विश्वास लिए । उनले भने, ‘सरकार संशोधन प्रस्ताव पारित गर्नकै लागि ल्याएको हो, शीर्ष नेताहरुवीचको सहमतिमा प्रस्ताव प्रक्रियामा अघि बढ्छ, विद्येयक पारित भएपनि मुलुक निर्वाचनको प्रक्रिया अघि बढ्छ ।’

उनले संविधानको कार्यान्वयनको लागि पनि संविधान जारी गरेका प्रमुख शक्तिहरुवीच एकता अनिवार्य आवश्यक रहेको उल्लेख गर्दै भने,‘सरकारले बलपुर्वक प्रस्ताव पेश गर्न चाहेको भए यतिका दिन कुर्नुपर्दैन थियो, सरकारले त प्रतिपक्षी दललाई समेत विश्वासमा लिएर अघि बढ्न चाहेको छ, र अहिलेपनि प्रयत्न गरिरहेको छ ।’ नेता साउदले एमालेले पनि राष्ट्रिय मुद्दामा लचकता प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ