arrow

पहिले सहमति गर्दा ओलीले के गाँजा खाएर हस्ताक्षर गरेका हुन् ? : देउवा

ससंद्लाई बन्द गर्न मिल्दैन, संसोधनको प्रकृयामा अघि बढ्छ

logo
नारायण रिजाल,
प्रकाशित २०७३ पुष १६ शनिबार
sher-dauya.jpeg
बागलुङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद अबरोध गर्दैमा संविधान संसोधनको प्रक्रिया नरोकिने बताएका छन् । ४१ औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस बागलुङ, क्षेत्र नं. १ ले शनिबार बागलुङमा आयोजना गरेको  बिराट आमसभालाई संवोधन गर्दै सभापति देउवाले संविधान संशोधन विधेयक कुनैपनि हालतमा पास भएर छाडने बताएका छन् । 
 
हामी संसदमा टेबल टोकेर नै संसोधन प्रस्ताव पास गरेरै छोड्छौं’ सभापति देउवाले भने विपक्षी नेकपा एमाले  लगाएतका दलले संसद् अवरुद्ध गरेर प्रजातन्त्र  विरोधी कार्य गरेका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले विपक्षीलाई ससंद्को अवरोध हटाउन आग्रह गर्दै यदि, अवरोध भइरहेपनि ससंद्को प्रकृया अघि बढ्ने उल्लेख गरे । 
 
नेकपा एमालेले अहिलेको संसोधन प्रस्तावलाई मानेको छैन देउवाले भने’ पहिले सुशिल कोईराला र केपि ओलीले हस्ताक्षर गरेको कुरा पनि संसोधनमा प्रस्ताव भएको भन्दै वलीले जुन प्रस्ताव मानेका छैनन त्यो कुरा जनतालाई ढाँडेको आरोप लगाए । केपि वलीले  के गाँजा खाएर हस्ताक्षर गरे हुन ? उनले प्रश्न गरे ।
 
 अहिले विपक्षीले महिनौं दिनसम्म संसद् अवरुद्ध गरेर गैर–लोकतान्त्रिक चरित्र देखाएको भन्दै यसअघि नेपाली काँग्रेसका तत्कालिन सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको सम्झौताकै वरिपरि रहेर वर्तमान सरकारले संशोधन प्रस्ताव ल्याएको बताए । 
  
राष्ट्रिय एकता र मेलमिलाप कायम गराउन सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै । ‘यो देश सबैको हो, मेधशलाई अविश्वास गरेर हाम्रो राष्ट्रियता बलियो नहुने जिकिर गरे  सभापति देउवाले भने ‘सीमामा बसेर देशको रक्षा गर्ने तिनै मधेशीहरु हुन्, मधेश, पडाह, हिमालबीचको एकतालाई सुदृढ गर्नु आवश्यक छ ।’ 
 
सबै जातजाति, वर्ग, समुदायबीच राष्ट्रिय एकता कायम गरेर मुलुकलाई अघि बढाउन वर्तमान सरकार लागिपरेको उल्लेख गर्दै  आगामी १४ महिनोभित्र तीन तहको निर्वाचन गर्नुपर्ने राष्ट्रिय अभिभारा मुलुकका सामु रहेको बताए । मुलुकका ठूला परिवर्तनमा नेपाली काँग्रेसले अगुवाइ गरेको भन्दै संविधान कार्यान्वयन पनि नेपाली काँग्रेसकै नेतृत्वमा हुने दावी गरे 
 
आमसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, गोविन्द भट्टराई, अर्जुनप्रसाद जोशी, सरीता प्रसाईँ नेपाली काँग्रस बागलुङका सभापति दिपेन्द्रबहादुर थापा लगाएतले सम्बोधन गरेका थिए  । सभापति देउवाले शनिबारनै नेपाली काँग्रस बागलुङको नयाँ कार्यालयको उद्घाटन समेत गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ