arrow

पश्चिमी वायु सक्रीय : 'उच्च हिमाली भेगमा हिमपात, पहाडी क्षेत्रमा पानी'

मौसम वदली तीन दिन रहने

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
mausam.jpg.jpeg

काठमाडौं । पश्चिमी वायुको प्रभावले मौसम वदली भएको छ । भारतको जम्मु काश्मिरबाट सुदूरपश्चिम हुँदै मध्य र पूर्वतिर सर्न लागेको मौसमी प्रणालीले काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पानी पर्ने सम्भावना बढेको मौसमविद्ले बताएका छन् ।

डिसेम्बर २५ तारिखमा पनि पश्चिमी वायु भित्रिएपनि सुदूरपश्चिमबाटै निष्क्रिय भएको र अहिले पनि पश्चिमबाटै मौसमी प्रणाली विकसित भएकाले सुदूरपश्चिम लगायत देशका उच्च हिमाली क्षेत्रमा हिमपात हुने र पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले हाम्राकुरालाई बताए ।

पौडेलले भने, ‘डिसेम्बर २५ को भन्दा यो मौसमी प्रणाली बलियो देखिएको छ । यो पूर्व सम्म पुग्न सक्छ । वर्षा (झरी)नै नभएपनि छिटपुट पानी पर्ने र उच्च हिमाली क्षेत्रहरुमा हिमपात हुन सक्नेछ ।’ यो वदली दुई तीन दिन रहने मौसमविद् पौडेलले बताए । उनले भने, ‘सोमबारसम्म यो रहन सक्छ । काठमाडौं उपत्यकामा पनि छिटपुट पानी पर्न सक्छ ।’

तराईमा राहत हुने
तराइमा केही दिन देखि बढेको हुस्सु वादल लागे र पानी परे कम हुने भएकाले केही राहत हुने मौसमविद् पौडेलले बताए । वदली हुने वित्तिकै स्वभाविकैले हुस्सु हट्छ । वातावरणीय हिसावले पनि उतिवेलाको वदली आवश्यक हो ।

हावामा तैरिएको धूँवा धूलो कम हुन्छ
काठमाडौं उपत्यकासहित देशका व्यस्त शहरहरुमा धूँवा धूलोका मात्रा बढी छ । जहाँ वायुमा धूलो तैरिएर बसिरहेको हुन्छ । पानी परे धूलो कम हून्छ । यो हावाहुरी लाग्ने समय नभएकाले धूलो कम हुन पानी नै पर्नु पर्ने मौसमविद् पौडेलले बताए । पानी परेका खण्डमा किसानलाई राहत त हुने नै भैगयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ