arrow

म्यान्चेस्टर युनाइटेड खस्कँदै, भान गालको जागिर संकटमा

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
united-rex.jpg.jpeg
एजेन्सी । इङ्गलिश क्लब म्यान्चेस्टर युनाइटेड म्यानेजर लुइस भान गाल आफ्नो जागिरप्रति चिन्तित देखिएका छन् । म्यानयुको पछिल्लो प्रदर्शनले उनको भविष्य संकटमा परेको छ । शनिबार राति समेत म्यानयु आफ्नै मैदानमा २–१ ले पराजित भएपछि भान गाल थप चिन्तामा परेका हुन् । म्यानयु नर्विच सिटीसंग २–१ ले हारेको हो । म्यानयु पछिल्लो सयम खस्किँदै गएको छ ।
 
Ryan Giggs
प्रिमियर लिगको मध्यसम्म शीर्ष चार भित्र रहेको म्यानयु अहिले शनिबारको हारसंगै पाँचौ स्थानमा झरेको छ । जसले भान गालको भविष्य संकटमा पर्दै गएको छ । जारी लिगमा लेस्टर सिटीले अग्रता बलियो पार्दै गएको छ । शनिबार सिटीले एभर्टनलाई ३–२ गोल अन्तरले हरायो । यो जितसंगै लेस्टर सिटीले दोस्रो स्थानको आर्सनलसंगको अंक दुरी फराकिलो पारेको छ । यस्तै टोटनह्याम हट्सपरले साउथ ह्याम्पटनलाई २–० ले हराएको छ ।
 
क्रिष्टल प्यालेसले स्टोक सिटीलाई तथा एएफसी बर्नमाउथले वेष्ट ब्रोमविच आल्बियनलाई २–१ ले हराए । न्यूकासल युनाइटेड र एस्टन भिल्लाले १–१ को बराबरी खेलेका छन् । यी खेलसंगै लिगमा १७ खेलबाट ३८ अंक जोडेको लेस्टर सिटी शीर्ष स्थानमा छ । एक खेल कम खेलेको आर्सनल ३३ अंक बटुल्दै दोस्रो तथा समान १६ खेलबाट ३२ अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । समान १७ खेलबाट २९–२९ अंक जोडेका टोटनह्याम हट्सपर र म्यान्चेस्टर युनाइटेड क्रमशः चौथो र पाँचौ स्थानमा छन् ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ