arrow

संसद बैठक स्थगित, सभामुखले बोलाएको बैठकमा शीर्ष नेता आएनन्

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
sansad-aaja.jpeg

काठमाडौं । विपक्षी गठबन्धनले अवरोध गरेपछि सहमति गर्न भन्दै ३ घण्टाका लागि रोकिएको संसद बैठक सूचना टाँस गरी स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बैठक बस्ने वित्तिकै विपक्षी गठनबन्धका सांसदले विरोध गरेपछि अवरोध खोल्न भन्दै सभामुख ओनसरी घर्तीले शीर्ष नेता र प्रमुख सचेतकहरुसँग छलफल गर्ने भन्दै बैठक अपरान्ह ४ बजे सम्मका लागि स्थगित गरिन् ।

सभामुखले दिउँसो २ बजेका लागि बोलाएको दलका नेता र प्रमुख सचेतकसहितको कार्यव्यवस्था छलफलमा शीर्ष नेताहरु नै सहभागि भएनन् । शीर्षनेता सहभागि नभएपछि बैठकले मंगलबार विहान ११ बजे शीर्ष नेताको बैठक बोलाउने निधो गरेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । संसद बैठक भने १ बजे बैस्ने शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ