arrow

हवाई यात्रुको बिमा रकम ६ गुणासम्म बढाउने तयारी

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
passenger.jpeg
काठमाडौं । सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ । साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ । हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको यात्रु बिमा रकम अन्तरराष्ट्रियतर्फ १ लाख १३ हजार र आन्तरिकतर्फ ५० हजार डलर पुर्‍याउने सरकारको तयारी छ ।
 
नेपालले हवाई यात्रुको बिमा रकम बढाउन सन् १९९९ मा क्यानडामा चलेको अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को ‘मोेन्ट्रिल कन्भेन्सन’ मा हस्ताक्षर गरिसकेको छ । तर उक्त महासन्धि हालसम्म पनि नेपाल सरकारले अनुमोदन नगर्दा बिमा रकम बढ्न नसकेको हो । 
 
जसका कारण अन्तरराष्ट्रिय हवाई यात्रुले नेपालका एयरलाइन्सलाई विश्वासमा लिँदैनन् ।   
सरकारले अन्तरराष्ट्रिय समुदायलाई विश्वसमा लिनको लागि पनि आगामी एक वर्षभित्र सबै प्रक्रिया टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । 
 
बिमा रकम नबढाएमा नेपाल वायुसेवा निगमलाई अन्तरराष्ट्रिय उडानमा समस्या पर्ने भएकोले पनि नेपाललाई बिमा बढाउनु अनिवार्य छ । 
 
सन् १९५५ मा ‘हेग प्रोटोकल’ मा २० हजार डलर कार्यान्यवनमा गएको थियो । नेपालले हालसम्म पनि सोहीदर कार्यान्वयनमा राखेको छ । 
 
त्योभन्दा पहिला सन् १९२९ मा १० हजार डलर थियो ।  जापान, अमेरिका, युरोप तथा आईकाओका अधिकांश सदस्य राष्ट्रहरूले बिमा रकम सन् १९७७ मै  ७५ हजार डलर पुर्‍याएका थिए । 
 
हाल ती देशले १ लाख १३ हजार डलर कार्यान्वयनमा लगेका छन् । तर, नेपालले भने अहिले पनि सन् १९५५ को ‘हेग प्रोटोकल’ले तयार पारेको २० हजार डलर कार्यन्वयन गरिरहेको छ । 
 
“नेपालले मनोट्रियल कन्भेन्सन मात्र नभएरले केपटाउन कन्भेन्सन समेत अनुमोदन गर्नुपर्ने भएकोले बिमा रकम बढाउनुको विकल्प छैन,” लामिछानेले भने । 
 
विश्वका धेरै देशले  १ लाख १३ हजार डलर बिमा रकम कार्यान्वयनमा लागिसकेको उल्लेख गर्दै उनले अबव नेपालले पनि सोहीदरमा कार्यन्यनमा जानुपर्ने बताए ।
 
यो व्यवस्था कार्यान्वनयनपछि नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई बाध्यता हुनेछ । नेपाल आउने अधिकांश एयरलाइन्समा हाल १ लाख १३ हजार डलरको हवाईयात्रु बिमा उपलब्ध छ । 
 
महासन्धि अनुमोदन गरेका देशबाट यात्रा गर्ने कुनै यात्रु नेपाली एयरलाइन्समा चढ्दा दुर्घटना भएको खण्डमा यही दरको बिमा दाबी क्षतिपूर्ति तिर्नुपर्छ । जबकी, नेपाली यात्रुले २० हजार डलरबराबरको मात्र बिमा दाबी गर्न पाउँछन् ।
 
नेपालले उक्त महासन्धि अनुमोदनको लागि प्रक्रिया सुरु गरेको लामिछानेले जानकारी दिए । मन्त्रालयले निर्णय गरेपश्चात अर्थको स्वीकृत लिएर कानुन मन्त्रालय पठाउनु पर्ने हुन्छ । कानुन मन्त्रालालयले ड्राफ्ट तयार गरेर संसदमा पठाउने छ । संसदले पास गरेपश्चात महासन्धि अनुमोदन हुने र कार्यान्वयनमा जाने सहसचिव लामिछानले बताए । 
 
यो अनुमोदन गराउन सन् २००८ र सन् २००९ मै छलफल चलेको भएता पनि कुनै विषय निर्णय भएको थिएन । हाल राष्ट्र बैंक, बैंकर, अर्थमन्त्रालय, बिमा समिति, एयरलाइन्स कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स लगायत सरोकारवालसँग छलफल चलिरहेको मन्त्रालयले बताएको छ ।
 
आन्तरिकतर्फ पनि बढाइने 
अन्तरराष्ट्रिय एयरलाइन्ससँगै आन्तरिक एयरलाइन्सहरूको पनि बिमा रकम बढाउने तयारी सरकारले गरेको छ । अन्तरराष्ट्रियको हकमा महासन्धिको अनुमोदन अनिवार्य भए पनि आन्तरिकको हकमा नेपाल आफैले बिमा रकम तय गर्ने लामिछानेले बताए । 
 
आन्तरिकतर्फ पनि हाल २० हजार डलर नै बिमा रकम लागू भएको छ । रोकारवालहरूसँग छलफल गरेर कति भन्ने कुरा टुंग्याउने लामिछानेले जानकारी दिए । “अहिले ५० देखि ६० हजार डलरसम्म बनाउन सकिनेगरी छलफल चलिरहेको छ,” लामिछानेले भने । 
 
यता निजी वायुसेवा संचालक संघ ९आयोन० का अध्यक्ष पवित्रकुमार कार्कीले अहिले नै १ लाख डलर भन्दा पनि ५० हजार डलरसम्म आन्तरिक यात्रुको बिमा हुनुपर्नेमा जोड दिए । अहिले नै धेरै रकम पुर्‍याउँदा हवाई टिकटको मूल्य महँगो पर्ने भएकोलले सोही दरमा बिमा रकम बढाउन सुझाव दिएको कार्कीले बताए । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ