arrow

ब्राजिलको कारागारमा झडप, ५६ जनाको मृत्यु, केही फरार

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
brazil-riot.jpeg
   मानाउस । उत्तरी ब्राजिलको एक कारागारमा कैदीबन्दीबीच भएको भयानक झडपमा कम्तमिा ५६ जनाको मृत्यु भएको छ । एमेजोनस राज्यस्थित मानाउसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ परेका कैदी बन्दीबीच झडप हुँदा त्यतिधेरैको ज्यान गएको हो । सो घटनामा थुप्रै घाइते भएका छन् ।
The wife of a prisoner who was killed in a riot cries outside Anisio Jobim Penitentiary Complex in Manaus
 
करिब १७ घण्टासम्म चलेको भिडन्तपछि कैदीहरुले हतियारसहित आत्मसमर्पण गरेको बताइएको छ । कैदीबन्दीले नियन्त्रणमा लिएका १२ जना सुरक्षागार्ड पनि मुक्त भएका छन् । 
 
कैदीबन्दीका दुई समूहबीच भएको झडपको मौका पारेर केही कैदी फरार भएका छन् । 
 
Military police officers track for fugitives of the Anisio Jobim Penitentiary Complex after a riot in the prison left at least 56 people killed and several injured, in Manaus
 
४५४ जना रहनु पर्ने सो कारागारमा झडपका समयमा १२२४ जना रहेको स्थानीय अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ