arrow

चिसोको पारो बढेको बढ्यै, मौसममा सामान्य सुधार

घटबढ भइरहन्छ–मौसम पूर्वानुमान महाशाखा

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
snowfall.jpeg
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि मौसममा पूर्णरुपमा सुधार आउने जनाए पनि त्यो क्षणिक हुने स्पष्ट पारेको छ । मौसमविद् विभूति पोखरेलले मौसममा सामान्य सुधार भए पनि यो क्षणिक हुने बताइन् । 
 
उनले काठमाडौंमा सोमबारको तुलनामा मंगलबार न्यूनतम तापक्रम केही बढेको बताइन् । सोमबार बिहानको न्यूनतम तापक्रम २.६ डिग्री सेन्टिग्रेड थियो भने मंगलबारको तापक्रम बढेर ३.२ डिग्री सेन्टिग्रेड पुगेको छ । 
 
पोखरेलले भिजिबिलिटी बढेको तर अपरान्ह मौसममा बदली हुने बताइन् । काठमाडौं उपत्यकामा राति १.५ मिलिमिटरमात्र वर्षा भयो । 
 
तर यो वर्षाले वरिपरिका क्षेत्रमा हिउँ पर्न थालेको छ । त्यस्तै हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने क्रम बढेको छ । 
 
मध्य तथा सुदूरपश्चिममा मौसम अहिले सामान्य रहे पनि दिउँसो बदली हुनेछ । त्यस्तै पूर्वमा पनि मध्यान्हपछि बदली हुने मौसमविद् पोखरेलले जानकारी दिइन् । 
 
पोखरेलले मौसममा क्षणिक सुधार हुँदै बदली हुने क्रम केही दिनसम्म रहने बताइन् । उनी भन्छिन्, ‘मंगलबारदेखि सुधार हुन्छ भनेका हाँैं, सुधार भएको छ, तर यो क्षणिक हो, परिवर्तन भइरहन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ